Author: Himalaya Post

पूर्वसांसद लामाको निधनप्रति प्रधानमन्त्री ओलीद्वारा दुःख व्यक्त

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य तथा पूर्वसांसद् कमानसिंह लामाको निधनप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन् । प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष ओलीले आज शोक वक्तव्य जारी गरी निर्मल लामा नेतृत्वको तत्कालीन नेकपा (चौम) बाट कम्युनिष्ट पार्टीको सदस्य भई कमानसिंहले राजनीतिक र सांस्कृतिक परिवर्तनमा दिएको योगदानको स्मरण गरेका छन् । प्रधानमन्त्री ओलीले निरङ्कुश पञ्चायती व्यवस्थाको अन्त्य र प्रजातन्त्र स्थापनापछि २०४८ मा प्रतिनिधिसभा सदस्यका रुपमा उनले जनपक्षीय भूमिका खेलेको र केही समयअघि दक्षिण कोरियाका लागि नेपाली राजदूत भएर गरेको कामको स्मरण पनि गरेका छन्। प्रधानमन्त्री ओलीले शोकसन्तप्त परिवारमा समवेदना व्यक्त गरेका छन्...

Read More

कांग्रेस पदाधिकारी बैठक : २९ गतेको प्रदर्शनीमा सहभागी हुन नेता, कार्यकर्तालाई अपिल

काठमाडौं – प्रमुख विपक्षी दल नेपाली कांग्रेसले मंसिर २९ गते सडकमा आउन आफ्ना नेता, कार्यकर्तालाई अपिल गरेको छ । बिहीबार बसेको कांग्रेस वर्तमान र पूर्वपदाधिकारीहरुको बैठकले २९ गते सडक सडकमा विरोध प्रदर्शनका लागि आउन आह्वान गरेको हो । यसअघि वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि १७ मंसिरमा तनहुँमा भएको धरपडक, कोभिड–१९ को नियन्त्रण तथा उपचारमा देखाएको उदासिनता र स्वास्थ्य सामग्री खरिदमा भएको भ्रष्टचारको विरोधमा २९ गते ७७ जिल्लामै प्रदर्शन गर्ने निर्णय गरेको थियो । सोही अनुसार पदाधिकारी बैठकले आह्वान गरेको हो...

Read More

अब पाइपलाइनबाट पेट्रोल पनि ल्याइने

वीरगञ्ज – मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइप लाइनबाट अगामी एक वर्षभित्र पेट्रोल ल्याउन गृहकार्य शुरुआत गरिएको छ । यसअघि विसं २०७६ भदौदेखि भारतको मोतिहारीबाट पाइप लाइनमार्फत अमलेखगञ्जस्थित नेपाल आयल निगमको डिपोमा डिजल ल्याउन थालिएको थियो । अब एक वर्षभित्र सोही पाइप लाइनमार्फत पेट्रोल ल्याउन गृहकार्य शुरु गरिएको हो । निगमको सञ्चालक समितिले मोतिहारीबाट पेट्रोल पनि ल्याउन निगमलाई स्वीकृति दिएपछि काम अगाडि बढाइएको र यसका लागि भारतीय आयल निगम (आइओसी)सँगकुराकानी भइरहेको निगम प्रदेश नं २ को प्रादेशिक कार्यालय अमलेखगञ्ज बाराले जनाएको छ । कार्यालय प्रमुख भरत रेग्मीले भने, “४२ लाख लिटर पेट्रोल भण्डारण गर्ने क्षमताको दुईवटा पेट्रोल ट्याङ्की अमलेखगञ्ज डिपोमा तयार भइरहेको...

Read More

टि-२० वरियतामा एक स्थान माथि उक्लिए सन्दीप

काठमाडौँ – अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) ले जारी गरेको नयाँ टि–२० वरियताअनुसार नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछाने एक स्थान माथि उक्लिएका छन् । आइसीसीले बुधबार सार्वजनिक गरेको बरियतामा नेपाली खेलाडी लामिछाने बलिङतर्फ एक स्थान उक्लिएर ८०औँ स्थानमा पुगेका छन् । उनले भारतीय खेलाडी रवीन्द्र जडेजालाई पछि पारेका छन् । जडेजा ८१ औँ स्थानमा छन् । यसअघिको बरियतामा लामिछाने ८१औँ स्थानमा थिए। चर्चित बलरहरु बेन स्टोक र कार्लोस ब्रेथवेट पनि नयाँ बरियतामा लामिछानेभन्दा पछाडि छन् । नयाँ बरियातामा ब्रेथवेट ८२ औँ स्थानमा तथा स्टोक ८५औँ स्थानमा रहेका छन्। लामिछानेले क्यारेवियन प्रिमियर लिग (सिपीएल)पछि कुनै पनि प्रतियोगिता खेलेका छैनन् । इन्डियन...

Read More

बागलुङमा साढे एक हजार निजी आवास पुनःनिर्माण

बागलुङ – भूकम्प गएको पाँच वर्ष बित्नै लाग्दा बागलुङ जिल्लामा एक हजार ५२९ निजी आवास पुनःनिर्माण भएका छन् । विसं २०७२ को भूकम्पले क्षतिग्रस्त जिल्लाका दुई हजार २४२ घरमध्ये हालसम्म एक हजार ५२९ घरको पुनःनिर्माण सम्पन्न भएको छ । बागलुङमा हालसम्म पुनःनिर्माणको भौतिक प्रगति ६६ प्रतिशत छ । भूकम्पले क्षति पुर्याएका निजी आवास निर्माण गर्न बनेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ बागलुङले पछिल्लो समय पुनःनिर्माणले गति लिएको जनाएको छ । पछिल्लो पटक नेपाल सरकारले निजी आवास पुनःनिर्माणमा लाभग्राहीले निर्माण गरेका घरलाई समेत रकम दिने निर्णय गरेपछि पुनःनिर्माणको प्रगति बढेको हो । जिल्लामा पुनःनिर्माणतर्फका दुई हजार ४८२ लाभग्राहीको...

Read More