Author: Himalaya Post

पाकिस्तानी अभिनेत्रीलाई ‘लाइभ सेसन’मै यौन हिंसा !

‘महिलालाई घृणा गर्ने यो दुनियाँमा निर्दोषेपनमा दोहोरो मापदण्ड हावी छ । यहाँ अरुको विचारलाई सम्मान गरिँदैन । जहाँ महिलालाई तिरस्कार गर्ने एक पुरुषको तारिफ गरिन्छ तर त्यही काम महिलाले गरे भने उसलाई घृणा गरिन्छ । जहाँ आफ्ना प्रियजनसँग प्रेम गर्ने र उनीहरुसँग कुराकानी गर्ने महिला गलत हुन्छन् तर महिलाको तस्बिर अगाडि राखेर हस्तमैथुन गर्ने पुरुषको भिडियोलाई इन्टरनेटमा भाइरल गरिन्छ ।’ माथिका शब्द पाकिस्तानी अभिनेत्री हानिया आमिरका हुन् । उनले आफ्नो सामाजिक सञ्जाल इन्स्टाग्राममा एक भिडियोका साथ पोस्ट गरेकी छन् । उक्त भिडियोमा हानिया निकै उदास अवस्थामा बहिनीसँग कुराकानी गर्दै लगातार आफ्ना आँशु पुछ्दै गरेको देखिन्छ । दैनिक सामाजिक सञ्जालमा...

Read More

तोकेकोभन्दा बढी शुल्क लिने अस्पतालहरुको अनुगमन गरिने : मन्त्री तामाङ

काठमाडौँ– नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री शेर बहादुर तामाङले सबै अस्पताललाई तोकिएको शुल्कमा नै उपचार गर्न निर्देशन दिइने बताएका छन् । मन्त्रालयको जिम्मेवारी सम्हालेपछि सोमबार पहिलोपटक मन्त्रालयमा भर्चुअल पत्रकार सम्मेलन आयोजना गरेका उनले पछिल्लो समयमा सुनिएको अस्पतालको चर्काे मुल्य ज्यादतीको विषयमा अनुगमन समेत गर्ने जनाएका हुन् । कार्यक्रममा बोल्दै मन्त्री तामाङले कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि सरकारका सबै संयन्त्र परिचालित भएको जनाउँदै स्वास्थ्य विज्ञद्वारा अनुमान गरिएको यसको सम्भावित तेस्रो लहरको पूर्वतयारीका विषयमा समेत आवश्यक छलफल भइरहेको उल्लेख गरेका छन् । यसका लागि उनले सबै अस्पतालको तथ्यांक र ती अस्पतालको बेड क्षमताका विषयमा अध्ययन गरी आवश्यक बेड थप्ने तयारी गरिरहेको बताए...

Read More

अन्तर्राष्ट्रिय नेपाली समाजको भाषा–साहित्य समितिमा डा. नेपाल

काठमाडौँ– अन्तर्राष्ट्रिय नेपाली समाज (इन्स)अन्तर्गत भाषा तथा साहित्य समितिका अध्यक्षमा डा जानुका नेपाल चयन भएका छन् । नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वसदस्य सचिव डा तुलसीप्रसाद भट्टराईका प्रमुख आतिथ्यतामा सम्पन्न भर्चुअल बैठकले डा. नेपालका नेतृत्वमा ४५ सदस्यीय कार्यसमिति घोषणा गरेको हो । समितिका वरिष्ठ उपाध्यक्षमा रोमकान्त सापकोटा, महासचिवमा डा चैतन्य अधिकारी र कोषाध्यक्षमा रविना महर्जन रहेका छन् । सो अवसरमा साहित्यकार डा. भट्टराईले जहाँ भए रहे पनि आफ्नो पहिचान र स्रष्टाले सिर्जना प्रेम छाड्न नहुने जनाएका छन् । समितिका अध्यक्ष डा नेपालले नेपाली भाषा साहित्यका विकासमा काम गर्ने योजना रहेको जानकारी दिए । कार्यक्रममा समाजका केन्द्रीय अध्यक्ष अर्जुन घिमिरे, भाषा तथा...

Read More

एमआइटी ग्रुप फाउन्डेशनद्वारा सहयोग

काठमाडौँ– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री शेरबहादुर तामाङले कोभिड–१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रण प्रतिकार्यका सन्दर्भमा नेपाली जनताको स्वास्थ्य सुरक्षाका लागि सहयोग पुर्‍याउन सबै तह र तप्कासँग आह्वान गरेका छन् । एमआइटी गु्रप फाउन्डेशनमार्फत सहयोगस्वरुप सङ्कलन गरिएको अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण कार्यक्रममा उनले कोरोना सङ्क्रमण नियन्त्रण र उपचारका सिलसिलामा धेरै मुलुकबाट प्राप्त भइरहेको जानकारी दिएका हुन् । उनले भने, ‘नेपाली जनताको सुरक्षाका लागि ज–जसले जति–जति सकिन्छ सहयोगका लागि सबैसँग आह्वान गर्न चाहन्छु ।’ उनले नेपाली जनतालाई सुरक्षित राख्नका लागि खोपको व्यवस्थापनका साथै अन्य उपचारको प्रबन्धका लागि सरकार गम्भीरतापूर्वक लागिरहेको उल्लेख समेत गरेका छन् । प्राप्त सबै सहयोग स्वास्थ्य सेवा विभागमा सङ्कलन गरी सम्बन्धित...

Read More

हिमालको फेदीमा निर्माणाधीन भक्तशाला

समुन्द्र सतहदेखि चार हजार ५०० मिटर उचाइ पर्ने ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका-६ स्थित हिमालको फेदीमा भक्तजनका लागि निर्माणाधीन भक्तशाला । तस्बिरः दिलकुमार...

Read More