Author: Himalaya Post

काठमाडौं महानगरपालिकाद्वारा फोहोर उठाउन सुरु

काठमाडौँ – काठमाडौं महानगरपालिकाले बुधबारबाट काठमाडौंमा फोहर उठाउन सुरु गरेको छ । दुई साता भन्दा लामो समयदेखि थुप्रिएको फोहर आशिंक रुपमा उठाउन सुरु गरिएको महानगरले जनाएको छ । गत साउन अन्तिममा वर्षाले ल्याण्डफिल्ड साइट पुग्ने बाटो अवरुद्ध भएपछि महानगरपालिकाले फोहोर उठाउन छाडेको थियो भने ल्याण्डफिल्ड साइटका स्थानीयले विभिन्न माग राखी थप अवरोध गरेका थिए । जसका कारण दुई साता भन्दा लामो समयदेखि राजधानीको फोहोर ब्यवस्थापन हुन सकेको थिए । बुधबारबाट उपत्काका अधिकांश स्थानबाट फोहर उठाउन सुरु गरिएको र अव नियमित फोहर उठाइने महानगरको भनाई छ । यसअघि महानगर र नुवाकोटको सिसडोलका बासिन्दाबीच फोहोर व्यवस्थापनबारे ९ बुँदे सहमति भएको थियो...

Read More

कहिलेकाहिँ बिजुली प्रसारणबिना नै करेन्टको झट्का महशुस हुन्छ ? यस्तो छ कारण

काठमाडौँ– हामीमध्ये धेरैले महशुस गरेको हुनुपर्छ, कहिलेकाहिँ हामीलाई विद्युत् अप्रसारित वस्तुबाट पनि एक्कासी करेन्ट लागेको महशुस हुन्छ र, हामी आत्तिन्छौ । के तपाईलाई पनि यस्तै महशुस भएको छ ? तर, नआत्तिनुस् वैज्ञानिकका अनुसार, यो शरीरको सामान्य प्रकृयामध्येकै एक हो । हो, करेन्ट विद्युतीय यन्त्रमा मात्रै नभई जतासुकै उपलब्ध हुन्छ । यसैगरि विभिन्न अध्ययन अनसन्धानले करेन्ट हाम्रो शरीरभित्र पनि रहने तथ्य पुष्टि गरेको छ । र, यसको महत्व पनि हाम्रो शरीरको लागि उत्तिकै रहेको छ । मानवीय शरीरमा रहने करेन्टले व्यक्तिलाई चल्न, सोच्न तथा महशुस गराउनका लागि सम्पुर्ण शरीर तथा मस्तिष्कलाई संकेत पठाउने कार्य गर्दछ । यसरी सञ्चित एवम् नियन्त्रित...

Read More

प्रधानमन्त्री देउवाद्वारा वृक्षरोपण अभियान शुभारम्भ

काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले निजामती सेवा दिवसका अवसरमा ‘राष्ट्रसेवक कर्मचारी वृक्षरोपण अभियान’ शुभारम्भ गरेका छन् । उनले आज काठमाडौँ महानगरपालिका–१३ विष्णुमति करिडोर क्षेत्रमा विभिन्न प्रजातिका बिरुवा रोपण गरी सो अभियानको सुरुआत गरेका हुन् । सो क्षेत्रमा कपुर २५, समी २५, क्यालेण्ड्रा २०, टिकोमा १५, करविर १५ र वगमवेलीका ३० बिरुवा रोपण गरिएको वन तथा वातावरण मन्त्रालयका सचिव डा. पेमनारायण कँडेलले जानकारी दिए। कार्यक्रममा गृहमन्त्री बालकृष्ण खाँण, मुख्यसचिव शङ्करदास बैरागी, नेपाली सेनाका कामु प्रधानसेनापति प्रभुराम शर्मा विभिन्न मन्त्रालयका सचिवलगायतको उपस्थिति थियो ।...

Read More

झलनाथलाई भेट्न डल्लु पुगे प्रचण्ड

काठमाडौँ – नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनाललाई भेट्न डल्लुस्थित उनको निवासमा पुगेका छन् । मिर्गौला प्रत्यारोपणपछि सोमवार दिल्लीबाट फर्किएका खनालको स्वास्थ्य अवस्था बुझ्न प्रचण्ड डल्लु पुगेका हुन् । प्रचण्डले भेटमा खनालको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए । भेटमा सरकार विस्तार तथा कम्युनिस्ट एकताको बारेमा पनि कुरा भएको खनालको सचिवालयले जनाएको छ । दिल्लीबाट फर्किएपछि खनाल आफ्नै निवासमा आराम गरिरहेका छन्...

Read More

औषधि व्यवस्था विभागको महानिर्देशकमा नारायण ढकाल

काठमाडौँ – नारायण ढकाललाई औषधि व्यवस्था विभागको महानिर्देशकको जिम्मेवारी दिइएको छ । मंगलवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ढकाललाई महानिर्देशकको जिम्मेवारी दिने निर्णय गरेको हो । मन्त्रालयका सचिव डा. रोशन पोखरेलले ढकाललाई महानिर्देशकको जिम्मेवारी दिइएको बताए । यसअघि ढकाल विभाग अन्तर्गतको राष्ट्रिय प्रयोगशालामा थिए भने विभागको महानिर्देशकमा भरत भट्टराई रहेका...

Read More