काठमाडौँ – नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनाललाई भेट्न डल्लुस्थित उनको निवासमा पुगेका छन् ।


ADVERTISEMENT


मिर्गौला प्रत्यारोपणपछि सोमवार दिल्लीबाट फर्किएका खनालको स्वास्थ्य अवस्था बुझ्न प्रचण्ड डल्लु पुगेका हुन् ।


ADVERTISEMENT

# # #


प्रचण्डले भेटमा खनालको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए । भेटमा सरकार विस्तार तथा कम्युनिस्ट एकताको बारेमा पनि कुरा भएको खनालको सचिवालयले जनाएको छ ।

दिल्लीबाट फर्किएपछि खनाल आफ्नै निवासमा आराम गरिरहेका छन् ।