श्रीमतीका हत्यारासहित दुई जनालाई सर्वस्वसहित जन्मकैद
रोल्पा, फागुन २३ । आफ्नै श्रीमती हत्या अभियोगमा पूर्पक्षका लागि थुनामा रहेका नुवागाउँ–८ रोल्पाका ५५ वर्षीय ओसबहादुर घर्तीमगरलाई जिल्ला अदालत रोल्पाले सर्वश्वसहित जन्मकैदको फैसला गरेको छ । घर्तीमगरले गत साउन ४ गते घरायसी विवादका कारण ४७ वर्षीया श्रीमती मनसरी घर्तीमगरलाई खुर्पा प्रहार गरेको र सोही कारणबाट मनसरीको मृत्यु भएको पुष्टि भएको हुँदा पीडकलाई मुलुकी ऐन ज्यानसम्बन्धी महलको दफा १३(३) बमोजिम सर्वस्वसहित जन्मकैदको फैसला गरेको जिल्ला अदालत रोल्पाका न्यायाधीश कमलप्रसाद ज्ञवालीले जानकारी दिए । मृतक मनसरीका छोेराले जिल्ला अदालत रोल्पामा दिएको जाहेरीमा बाबु ओसबहादुरले आमा मनसरीलाई धेरै पहिलेदेखि मादकपदार्थ सेवन गरी कुटपिट गर्नुका साथै घरेलु हिंसा गर्दै आएको उल्लेख गरिएको...
Read More