Author: Himalaya Post

मोर्चाको विरोधकाबिच सप्तरीमा एमालेको सभा सम्पन्न

काठमाडौँ, फागुन २३ । मेची महाकाली अभियान अन्तर्गत नेकपा एमालेले सप्तरीमा आयोजना गरेको सभा सम्पन्न भएको छ। कार्यक्रम स्थल गजेन्द्र नारायण औधोगिक क्षेत्रमा सभालाई  एमाले नेता रामपृत पासवान, माधव नेपाल, झलनाथ खनाल र एमाले अध्यक्ष तथा तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सम्वोधन  सम्बोधन गरेका थिए । सभास्थलमा तीनरचार हजार एमाले कार्यकर्ता र शुभचिन्तक भेला भएका थिए। कार्यक्रम स्थल नजिकै मोर्चाका कार्यकर्ताहरुले विरोध जनाएका थिए। उनीहरुले कालोझण्डा सहित नारावाजी गरेका थिए। झडप हुन सक्ने खतरा औंल्याउँदै कार्यक्रम स्थल वरपर व्यापक संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो। मोर्चाका कार्यकर्ताहरु कार्यक्रम स्थल नजिकै रहेको गुहँवारीमा प्रदर्शन गरे । ठाउँ ठाउँमा मधेसी मोर्चाको...

Read More

८६ वर्षको उमेरमा सगरमाथा चढेर किर्तिमान फर्काउने दाउमा शेरचन 

काठमाडौँ, फागुन २३ । विश्व कीर्तिमान कायम राख्न ८६ वर्षीय मीनबहादुर शेरचन सगरमाथा चढ्न लागेका छन् । ‘मीनबहादुर शेरचन सगरमाथा आरोहण अभियान’ले आज आयोजना गरेको पत्रकार सम्मेलनमा अभियानका संयोजक जीतबहादुर घर्तीमगरले हिमाल चढेर विश्व कीर्तिमान कायम राख्न शेरचन सगरमाथा आरोहण गर्न लाग्नुभएको बताए । उउले भने, “सन् २०१५ मा सगरमाथा आरोहण गर्न लाग्नुभएको थियो, त्यतिबेला भूकम्पले गर्दा जान सक्नुभएन अहिले अभियान नै बनाएर उहाँलाई सगरमाथा पठाउन लागेका छौँ ।” आरोही शेरचनले विश्व शान्ति र पृथ्वी आमाको रक्षाका लागि आफू विश्वकै सर्वोच्च शिखर सगरमाथा जान लागेको बताए । उनले भने, “म बुढो भए पनि मेरो आँट बुढो भएको छैन म...

Read More

देश विकासमा कर्मठ जनशक्ति र नीति निर्माणमा चुस्तताको अभाव रहेको प्रम दाहालको ठम्याई

ललितपुर, फागुन २३ । प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्र विकासको मूल मेरुदण्डका रुपमा रहेका युवालाई समयसापेक्ष रुपमा अनुशासन, नेतृत्व विकास, राष्ट्रिय एकता र विपद् व्यवस्थापनसम्बन्धी ज्ञान दिलाउन सके बढ्दो युवा पलायनलाई रोक्न सकिने बताएका छन् । राष्ट्रिय सेवाद्वारा सञ्चालित १२ ब्याच सिनियर डिभिजन तालिमको दीक्षान्त कबाज समारोहलाई सम्बोधन गर्दै उनले भने– “युवा पलायनलाई रोक्नसके राष्ट्र विकासका लागि पर्याप्त जनशक्ति निर्माण हुने अपेक्षा गर्न सकिन्छ ।” सामान्य विपद्का बेलादेखि ठूलास्तरका प्राकृतिक विपत्ति, दुर्घटनालगायतमा समेत सेवा दलबाट तालिम प्राप्त व्यक्तिले अमूल्य योगदान दिनसक्ने जनाउँदै प्रधानमन्त्री दाहालले नेपालजस्तो विपद्को उच्च जोखिममा रहेको देशका लागि यो तालिमको अपरिहार्यता झनै बढेको उल्लेख  गरे । आफूले सो...

Read More

लालबाबुले गरे एमाले अब मधेशमा पहिलो हुने दाबी

काठमाडौँ, फागुन २३ । नेकपा एमालेका नेता लालबाबु पण्डितले अब मधेसमा नेकपा एमाले पहिलो दल बन्ने दाबी गरेका छन् । सुनसरी सदरमुकाम इनरुवामा आयोजित सभालाई सम्बोधन गर्दै एमाले नेता पण्डितले मधेसको ठेक्का नलिन मधेसी मोर्चालाई आग्रह गरे ।कार्यक्रममा बोल्दै अर्की एमाले नेतृ भगवती चौधरीले अब मधेसी र थारुहरुले नेकपा एमालेलाई साथ दिनुपर्ने बताइन् । कार्यक्रममा अर्का वक्ता जगदीश कुसियतले एमाले नेताहरुको टोलीलाई राजविराज पुर्‍याएर फर्किने घोषणा गरे ।एमालेको अभियानलाई कसैले अवरोध गर्न खोजे मधेसी जनताले नै त्यसको प्रतिवाद गर्ने कुसियतले बताए । सुनसरी सदरमुकाममा एमालेले मधेसी मोर्चाका नेताहरुको विरोधका बाबजुद कार्यक्रम सम्पन्न गरेको छ । केपी ओली लगायतका शीर्ष...

Read More

तराई–मधेसको अवरोधप्रति बारको ध्यानार्कण

काठमाडौँ, फागुन २३ । नेपाल बार एसोसिएनले राजनीतिक दलले तराईको विभिन्न स्थानमा शान्तिपूर्ण रुपमा सञ्चालन गरेको सभा, सम्मेलन र गतिविधिमाथि बाधा अवरोध पुर्याएको कार्यप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । बारका सचिव इन्द्रबहादुर अधिकारीले आज प्रेस विज्ञप्ति जारी गरी तराई–मधेसमा शान्तिपूर्ण सभा सम्मेलन गर्दा अवरोध, प्रदर्शन, अमर्यादित र मानव अधिकारविपरीत क्रियाकलापप्रति बारको ध्यानाकर्षण भएको उल्लेख छ । विज्ञप्तिमा राजनीतिक दलहरुले संविधानप्रदत्त राजनीतिक अधिकार प्रयोग गर्ने क्रममा पूर्व निर्धारित कार्यक्रममा हस्तक्षेप गर्ने, आक्रमण गर्ने, चक्काजाम गर्नेजस्ता मानवअधिकारको मर्मविपरीत कार्य नगर्न नगराउन आग्रह गरिएको छ...

Read More