Author: Himalaya Post

मेची महाकाली राष्ट्रिय अभियान प्रदेश नं २ तर्फ

सुनसरी, फागुन २३ । नेकपा (एमाले)को मेची महाकाली राष्ट्रिय अभियान प्रदेश नं १ मा पूरा भई आज प्रदेश नं २ तर्फ लागेको छ । इनरुवामा आयोजित जनसभामा एमालेका शीर्षनेताहरु सहभागी भई सप्तरीको राजविराजतर्फ लागेका हुन् । सभामा एमाले नेता लालबाबु पण्डितले संविधानको विरोधमा आउने कुनै पनि शक्तिसँग सामना गर्न आफ्नो पार्टी तयार रहेको बताए । नेत्री भगवती चौधरीले संविधानमा समावेशिताका सम्पूर्ण विषय रहेकाले अहिले संशोधनभन्दा निर्वाचनतिर जानुपर्ने बताए । पार्टीका अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेताहरु झलनाथ खनाल र माधवुकमार नेपालसहितको केन्द्रीय टोली अभियानमा सामेल छ । सभा सुरु हुनुपूर्व मधेसी मोर्चाका केही कार्यकर्ताले विरोध प्रदर्शन गरे पनि शान्तिपूर्ण...

Read More

 आर.आर.मा अखिल र क्रान्तिकारीको नाराबाजी जारी, निर्वाचन कार्यक्रम लगभग स्थगित

काठमाडौँ, फागुन २३ ।  स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनावलाई लिएर प्रदर्शनीमार्गस्थित रत्नराज्यलक्ष्मी   (आरआर) क्याम्पसमा विद्यार्थी संगठनहरुले नाराबाजी गरिरहेका छन्। एमालेसम्वद्ध अखिलले स्ववियु चुनाव गर्न माग गर्दै नाराबाजी गरिरहेको छ भने माओवादीसम्वद्ध क्रान्तिकारीले त्यसको विपक्षमा नारा लगाइरहेको छ । १८ गते हुन नसकेको स्ववियु चुनाव आज सोमबारका लागि तय भएको थियो । तर, नेपाली कांग्रेससम्वद्ध नेविसंघले उम्मेदवारी नै दर्ता गरेको छैन । विहान ८ बजेबाट मतदान हुने भनिएको थियो । पछि १० बजे हुने भनिएपनि अहिले सम्म मतादान प्रक्रिया अगाडि बढ्न सकिरहेको छैन । मतदान लगभग स्थगित भइसकेको छ । क्याम्पस प्रशासनले एमालेनिकट अनेरास्ववियुसँग मिलेर निर्वाचन तालिका बनाएको भन्दै कांग्रेसनिकट नेपाल...

Read More

दोस्रो संविधानसभामा बाँडिएको मतदाता परिचयपत्र अस्वीकृत

काठमाडौँ, फागुन २३ । २०७० सालमा निर्वाचन आयोगले बाँडेको फोटोसहितको मतदाता परिचय पत्रलाई निर्वाचन आयोगले  अस्वीकार गर्दै नयाँ परिचयपत्र छाप्ने भएको छ ।पहिलेकै मतादाता परिचयपत्र देखाएर यसपाली मतदान गर्न पाइने छैन । निर्वाचन आयोगले बैशाख ३१ गते सम्पन्न हुने स्थानीय चुनावका लागि ०७० सालको निर्वाचनमा प्रयोग भएको मतदाता परिचय पत्रलाई मान्यता नदिने निर्णय गरेको हो । नयाँ निर्वाचन ऐनले मतदातालाई मतदानको लागि अनिवार्य मतदाता परिचय पत्रको व्यवस्था गर्न भनेकाले नयाँ मतदाताका लागि नयाँ परिचयपत्र छपाउन लागेको आयोगले जनाएको छ । अब आउने मतदाता परिचय पत्रमा बार कोड समेत उल्लेख हुनेछ । निर्वाचन आयोगले मतपत्र छपाउनका लागि सूचना प्रकाशित गरिसकेको...

Read More

फेसबुकमामार्फत ठगी गर्ने प्रकाउ

डुम्रे (तनहुँ) २३ फागुन । फेसबुकमार्फत महिलालाई साथी बनाई ठगी धन्दा गर्ने एक युवकलाई प्रहरीले प्रकाउ गरेको छ । प्रकाउ पर्नेमा राम्जाकोट–२ पिपलटारका २७ वर्षिय मोहनबहादुर पाटामगर रहेका छन् । जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक उमेशराज जोशीका अनुसार पाटामगर देवघाटमा प्रकाउ परेका थिए । पक्राउ परेका पाटामगरले आफू सम्पन्न परिवारको सदस्य भएको भन्दै फेसबुकमार्फत साथी बनाउँदै महिलालाई ठग्दै आएका थिए । प्रहरी उपरीक्षक जोशीका अनुसार सीता गुरुङबाट दुई तोला ५० ग्रामको सुनको सिक्रीसहितको लकेट, देवी मगरबाट एक तोला ५० ग्रामको सुनको सिक्री र जमुना गुरुङको एक तोला ७५ ग्रामको सुनको सिक्री ठगी गरेका थिए । फेसबुकमार्फत ठगी धन्दा...

Read More

सप्तरीमा विहानैदेखि मोर्चाका कार्यकर्ता सडकमा, सुरक्षा व्यवस्था कडा

सप्तरी, फागुन २३ । एमालेको मेची–महाकाली अभियानको विरोधमा उत्रेका मधेशी मोर्चाका कार्यकर्ता विहानैदेखि राजविराजको सडकमा देखिएका छन् । सप्तरीका डिएसपी दानबहादुर कार्कीका अनुसार हिजो–अस्तीको तुलनामा आज गाडी कम गुडेका छन् । उनले मोर्चाका कार्यकर्ताहरु सडकमा उत्रिएको बताए । अहिलेसम्म भने कसैको पक्राउ नभएको र उच्छृखल क्रियाक्रलाप गरे पक्राउ गरिने बताए । उनले आबश्यक परे बल प्रयोग गरेर भएपनि तनाव हुन नदिने बताए । उता संघीय समाजवादी फोरमका केन्द्रीय सदस्य शैलेन्द्र साहले भने विहानै देखि प्रहरीले आफ्ना कार्यकर्ताहरुको धरपकड गरेको बताए । उनी अहिले राजविराजमा छन् । सडकमा उत्रिएका मोर्चाका केही कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको उनले बताए । मोर्चाले आज...

Read More