काठमाडौँ, फागुन २३ । मेची महाकाली अभियान अन्तर्गत नेकपा एमालेले सप्तरीमा आयोजना गरेको सभा सम्पन्न भएको छ।


ADVERTISEMENT


कार्यक्रम स्थल गजेन्द्र नारायण औधोगिक क्षेत्रमा सभालाई  एमाले नेता रामपृत पासवान, माधव नेपाल, झलनाथ खनाल र एमाले अध्यक्ष तथा तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सम्वोधन  सम्बोधन गरेका थिए ।


ADVERTISEMENT

# # #


सभास्थलमा तीनरचार हजार एमाले कार्यकर्ता र शुभचिन्तक भेला भएका थिए। कार्यक्रम स्थल नजिकै मोर्चाका कार्यकर्ताहरुले विरोध जनाएका थिए। उनीहरुले कालोझण्डा सहित नारावाजी गरेका थिए।

झडप हुन सक्ने खतरा औंल्याउँदै कार्यक्रम स्थल वरपर व्यापक संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो। मोर्चाका कार्यकर्ताहरु कार्यक्रम स्थल नजिकै रहेको गुहँवारीमा प्रदर्शन गरे ।

ठाउँ ठाउँमा मधेसी मोर्चाको अवरोध छिचोल्दै एमाले कार्यकर्ता सभास्थल पुगेका हुन्। बाटोको छेउ र खेतमा बसेका मोर्चाका कार्यकर्ता एमाले नेता कार्यकर्ता सवार गाडी लक्षित गरी ढुंगा र गुलेलीले प्रहार गरेका थिए।