सप्तरी घटना: प्रधानमन्त्रीले गृहमन्त्रीसहित सप्तरी सिडियो र एसपीलाई काठमाडौँ बोलाए
काठमाडौँ, फागुन २४ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सप्तरी घटनाबारे छलफल गर्न र यथार्थ विवरण लिन गृहमन्त्री विमनेन्द्र निधि, सप्तरीका सिडियो उद्धवराज तिमल्सिना र एसपी दिवेश लोहनीलाई काठमाडौँ बोलाएका छन्। सप्तरी घटना हुँदा कैलालीमा रहेका गृहमन्त्री निधि आज बिहान हेलिकप्टरमार्फत काठमाडौं आइपुगेका छन्। सिडियो र एसपी पनि आजै काठमाडौं आउँदै छन्। ‘प्रधानमन्त्रीले गृहमन्त्री र उहाँमार्फत सप्तरी सिडियो र एसपीलाई घटनाबारे छलफल गर्न बोलाउनु भएको छ,’ बालुवाटार स्रोतले भन्यो। सप्तरीमा सुरक्षा संयम अपनाउन र गोली नचलाउन सुरक्षा निकायलाई निर्देशन दिएको भए पनि अन्तिममा गएर किन र कसरी गोली चल्यो त्यसको निरूपण गर्न प्रधानमन्त्रीले छलफल बोलाएका हुन्। प्रधानमन्त्रीले छलफलका लागि मधेसी...
Read More