मधेश बन्द गर्दै मोर्चा फेरी आन्दोलनमा उत्रियो
काठमाडौं – सरकारले सहमति बिना नै स्थानीय तह निर्वाचन घोषणा गरेको विरोधमा मधेशी मोर्चाले आज मधेशब्यापी बन्द आह्वान गर्दै फेरि आन्दोलनमा उत्रिएको छ । मोर्चाको आह्वानमा आज मधेश बन्द छ । मोर्चाका नेता कार्यकर्ता सडकमा सरकार विरुद्ध नाराबाजी गर्दै टायर बालेर विरोध प्रदर्शनमा जुटेका छन् । मधेशका सबै जिल्ला सदरमुकाम र शहर चोकमा विरोध प्रदर्शन भइरहेको छ । आज मोरङ, सुनसरी, पर्सा, रौतहट, बारा, धनुषा, सिरहा, सप्तरी, रुपन्देही, नवलपरासी, कपिलबस्तु, बाँके, बर्दिया लगायत मधेशका जिल्लाहरुमा मोर्चाका कार्यकर्ताहरुले विरोध प्रदर्शन गर्दैछन् । बन्द आह्वान र विरोध प्रदर्शनले मधेशका जिल्लाहरुको जनजीवन प्रभावित बनेको छ । लामो समयपछि मधेश आज पुनः ठप्प...
Read More