Author: Himalaya Post

संविधान संशोधनपछि मात्र निर्वाचन : नयाँ शक्ति

काठमाडौँ, फागुन १३ । नयाँ शक्ति पार्टीले संविधान संशोधन गरेर मात्र निर्वाचनमा जानुपर्ने बताएको छ । स्थानीय निकायको टुङ्गो नलागेको र सम्झौताअनुसार संविधान संशोधन पनि नभएको अवस्थामा निर्वाचन हुन नसक्ने पार्टीले जनाएको हो । पार्टीले आज आयोजना गरेको पत्रकार सम्मेलनमा प्रवक्ता खिमलाल देवकोटाले मुलुक संवेदनशील अवस्थामा रहेको भन्दै निर्वाचनको आधार तयार पार्न सरकारसँग माग गरेका थिए । ‘उनले संविधान संशोधन तथा स्थानीय निकायको टुङ्गो नलागी कसरी निर्वाचन हुन्छ ? भनी सरकारसँग प्रश्न गरे ’। राजनीति अत्यन्त तरल अवस्थामा पुगेको भन्दै निर्वाचनको वातावरण बनाउनुपर्नेमा उनको जोड थियो । यसअघि सङ्घीय समाजवादी फोरम र नयाँ शक्ति पार्टीले निर्वाचनका लागि उपयुक्त वातावरण...

Read More

हलमा ‘लूट २’ : चलचित्र सफल हुने अपेक्षा

काठमाडौँ, फागुन १३ ।  पाँच वर्ष अघिको सुपरहिट फिल्म ‘लूट’को सिक्वेल ‘लूट २’ लिएर निर्देशक निश्चल वस्नेत आम दर्शमाझ आएका छन् । बहुप्रतिक्षित मानिएको उक्त फिल्म आजबाट सिनेमा हलमा प्रदर्शन भएको छ । देशभरका एक सय हलबाट एकसाथ रिलिजमा आएको यो चलचित्रले धेरै रेकर्ड तोड्ने आशा गरिएको छ । तत्कालीन समयमा नेपाली चलचित्र उद्योगको कोशेढुङ्गा बन्न सफल चलचित्र ‘लूट’को कथावस्तुलाई नै अगाडि बढाएर ‘लूट २’ बनाइएको निर्देशक निश्चल बताउँछन् । यस चलचित्रको ‘ठमेल बजार’ बोलको गीतलाई युटुब मार्फत चलचित्र रिलिज नहुँदै एक करोड बढी दर्शकले हेरिसकेका छन् । फिल्ममा फेरिपनि हाकुकालेका रुपमा सौगात मल्ल र गोप्लेका रुपमा दयाहाङ राईले...

Read More

दुई सयजना विद्यार्थीलाई पाकिस्तानी छात्रवृत्ति

काठमाडौँ, फागुन १३ । पाकिस्तान सरकारले शिशु कक्षादेखि दश जोड दुईसम्म अध्ययनरत २०० जना नेपाली विद्यार्थीलाई जनही रु १० हजार छात्रवृत्ति प्रदान गरेको छ । शिक्षामन्त्री धनीराम पौडेलले आज आयोजित एक समारोहमा ती विद्यार्थीहरुलाई छात्रवृत्ति रकमको चेक हस्तान्तरण गरेका हुन् । समारोहमा बोल्दै उनले नेपालको शैक्षिक उन्नयनमा पाकिस्तान सरकारले उपलब्ध गराएको सहयोगको सराहना गरे । मन्त्री पौडेलले नेपाल र पाकिस्तानबीच सुमधुर सम्बन्ध रहेको चर्चा गर्दै दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) स्थापनासँगै दुवै मुलुक अझ नजिक भएको बताए । सार्कले दुई देशबिचको पारस्परिक सम्बन्धलाई अझ सुदृढ तुल्याएको पनि उनले बताए । काठमाडौँस्थित पाकिस्तानी राजदूतावासका कार्यबाहक राजदूत जावेद उमरानीले थोरै...

Read More

घुस लिँदालिदै मालपोत कार्यालय भक्तपुरका तीन जना कर्मचारी पक्राउ

भक्तपुर, १२ फागुन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको आरोपमा मालपोत कार्यालय भक्तपुरका दुई कर्मचारीसहित तीनजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मालपोत कार्यालय भक्तपुरका नायब सुब्बा ऋषिराम बुढाथोकी, कार्यालय सहयोगी केशवबहादुर खत्री र लेखापढी व्यवसायी विष्णुहरि न्हिुसुतूलाई पक्राउ गरेको महानगरीय प्रहरी वृत्त जगातीले जानकारी दिएको छ । मालपोत कार्यालय अगाडिको खाजा पसलमा सेवाग्राहीसँग रु छ लाख १४ हजार घुस लिँदै गर्दा अख्तियारको टोलीले हिजो साँझ उनीहरुलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । मालपोत कार्यालयका प्रमुख कमल तिमिल्सिना र महानगरीय प्रहरी वृत्त जगातीका प्रहरी निरीक्षक राजकुमार सिलवालको रोहवरमा अख्तियारको टोलीले घुस लिएको रकमसहित उनीहरुलाई नियन्त्रणमा लिएको छ । आयोगमा...

Read More

बेगनास तालमा रैथाने जातका माछा लोप हुँदै

फागुन १२। मिचाहा प्रजातिको माछा टिलापियालगायत कारणले पोखराको लेखनाथ र आसपासका क्षेत्रमा पाइने रैथाने जातका माछा लोपोन्मुख अवस्थामा पुगेका छन् । पछिल्ला वर्षमा टिलापियाको बढ्दो वृद्धिदरसँगै रैथाने जातका अन्य माछा उत्पादनमा कमी आएको छ । अन्य विकासी जातका माछा पनि फस्टाउन सकेका छैनन् । मत्स्य अनुसन्धान केन्द्र बेगनासका वरिष्ठ प्राविधिक अधिकृत देवप्रसाद शर्माका अनुसार पछिल्ला वर्षमा टिलापियाको बढ्दो आक्रमणका कारण लेखनाथ क्षेत्रका तालमा रेवा, फकेट, काँडे, बिग हेड, बाम र कत्ले जस्ता रैथाने जात मिचाहा प्रजातिको बढ्दो क्रमसँगै लोपोन्मुख अवस्थामा पुगेका छन् । “अन्य माछामा भन्दा टिलापिया माछामा प्राकृतिक प्रजनन हुने भएका कारण सङ्ख्या बढेको हो,” शर्माको तर्क छ...

Read More