काठमाडौं, फागुन १०। विश्व क्रिकेट लिग च्याम्पियसिप अन्तर्गत केन्या विरुद्धको खेलको लागि नेपाली क्रिकेट टोलीको घोषणा गरिएको छ । आगामी फागुनमा हुने पाचौं चरण अन्तर्गत केन्यासँगको खेलको लागि नेपालले मंगलबार पारस खड्काको कप्तानीमा १९ सदस्सीय नेपाली टोलीको घोषणा गरेको हो ।


ADVERTISEMENT


अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीका प्रतिनिधि ब्याङकेटपती राजु, राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक जगत टमाटा र कप्तान पारस खड्कासहितको छनोट समितिले नेपाली टोलि छनोट गरेको हो । नेपाल र केन्याबीचको खेल आगामी फागुन २८ र ३० (मार्च ११ र १३)गते त्रिभुवन विश्वविद्यालय (टियु) क्रिकेट मैदानमा हुने छ । केन्यापछि नेपालले छैटौँ चरणमा हङकङसँग खेल्नेछ भने सातौं चरणमा युएईसँग खेल्नेछ ।


ADVERTISEMENT

# # #


केन्यासँगको खेलअघि अन्तिम तयारी गर्न छनोटमा परेका नेपाली टोलि यही शुक्रबार भारतको नोयडा जानेछन् । त्यहाँ नेपाली टोलीले तीन अभ्यास खेल खेलेर मार्च ३ मा स्वदेश फर्कने छन् । कप्तान पारस हालै मात्र एपेन्डिक्सको सल्यकृयापछि आराम गरिरहेकाले उनी भारत जाने नेपाली टोलीमा सहभागी हुने छैनन् ।

लिगमा चौथो चरणको खेल सकिदासम्म नेपाल ६ अंक सहित अंक तालिकाको छैटौं स्थानमा छ । नेपालले ८ खेलमा ३ मा जित र ५ खेल बेहोरेको छ । केन्या ८ अंक जोडेर लिगको पाँचौ स्थानमा छ । च्याम्पियनसिपको शीर्ष स्थानमा नेदरल्यान्ड, दोस्रोमा पपुवान्युगिनी, तेस्रोमा हंङकङ, चौथोमा स्कटल्यान्ड र पाँचौमा केन्या छन् । नेपालभन्दा पछि नामिबिया र यूएई छन् ।

छनोटमा परेका १९ खेलाडीको नामावली
पारस खड्का (कप्तान)
ज्ञानेन्द्र मल्ल (उपकप्तान)
सागर पुन
सन्दिप लामिछाने
भुवन कार्की
शरद भेषावकर
आरिफ शेख
दिलिप नाथ
करण केसी
आशिफ शेख
बसन्त रेग्मी
शक्ति गौचन
अभिनाश कर्ण
सोमपाल कामी
सुनिल धमला
दिपेन्द्र सिंह ऐरी
राजेश पुलामी मगर
बिनोद भण्डारी
महेबुब आलम