Author: Himalaya Post

बझाङ र बाजुरामा बङ्गलादेशी उसिना चामल

फागुन १० । बङ्गलादेश सरकारले उपलब्ध गराएको उसिना चामल सेती अञ्चलका बझाङ् र बाजुरामा ‘कामका लागि खाद्यान्न कार्यक्रम’ मा उपयोग गरिने भएको छ । बझाङ्मा २६ हजार क्विन्टल र बाजुरामा २० हजार क्विन्टल उसिना चामल पठाउन लागेको नेपाल खाद्य संस्थान सेती अञ्चल कार्यालयका निमित्त प्रमुख गङ्गादत्त पन्तले जानकारी दिए । कामका लागि खाद्यान्न कार्यक्रमअन्तर्गत सडक निर्माणलगायत विकास सम्बन्धी योजनामा सो चामल प्रयोग गरिने छ । यस अघि उक्त चामल भूकम्प प्रभावित क्षेत्र तथा खाद्यान्न अभाव हुने दार्चुला, बझाङ्, बाजुरा, अछामलगायत जिल्लामा ढुवानी अनुदानमा बिक्री वितरण हुने गरेको थियो । खाद्यान्न अभाव हुने जिल्लामा उसिना चामलको माग नहुँदा गोदाममा मौज्दात...

Read More

केपी आलीद्वारा मेची– महाकाली अभियानमा अबरोध नगर्न आग्रह

काठमाडौँ, फागुन १० । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आगामी फागुन २१ गतेदेखि चैत ४ गतेसम्म हुन लागेको आफ्नो दलको मेची–महाकाली अभियानलाई अवरोध पुग्ने खालका कार्यक्रम नगर्न सबैलाई आग्रह गरेका छन् । एमाले केन्द्रीय कार्यालय धूम्रबाराहीमा आज ‘मेची महाकाली राष्ट्रिय अभियान’, व्यवस्थापन कार्यालयको आज उद्घाटन गर्दै उनले पार्टीको पूर्वनिर्धारित कार्यक्रम भएकाले अवरोध नपुर्याउन सम्पूर्ण राजनीतिक दल र सङ्घसंस्थालाई अनुरोध गरेका हुन् । हिमालदेखि तराई तथा पूर्वदेखि पश्चिम पुग्ने सो अभियानबाट मुलुकको राष्ट्रिय एकता, लोकतन्त्र, विकास र समृद्धिमा सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ । “अभियानमा तय गरिएका नारा वडा, वडा र गाउँ गाउँमा गुञ्जिनुपर्छ, प्रत्येक कार्यकर्ता एक पटक...

Read More

सरकारद्वारा स्थानीय निकायको निर्वाचनको मिति घोषणा

काठमाडौ, फागुन १०।    लामो समयको रस्साकस्सी पछि  सरकारले स्थानीय तहको निर्वाचन वैशाख ३१ गते गर्ने घोषणा गरेको छ। सोमबार तीन चरणमा बसेको मन्त्रिपरिषद् बैठकको अनुमोदन र त्यसअघि निर्वाचन आयोगसँगको परामर्शपछि विगत १९ वर्षसम्म अवरुद्ध भएको स्थानीय निकायको निर्वाचनको मिति घोषणा गरिएको हो । निर्वाचन आयोगले निर्वाचनको तयारीका लागि करीब १२० दिन चाहिने बताए पनि सरकारले बैशाख ३१ गते निवार्चनको मिति तोकेको छ । जुन मिति आउन अब ८२ दिन मात्र बाँकी छ । निवार्चनको तयारीका लागि मन्त्रिपरिषद्ले निर्वाचन आयोगलाई तत्कालै १० अर्ब २९ करोड ६३ लाख ७६ हजार सात सय ७५ रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ ।...

Read More

भारी मतान्तरका साथ राप्रपा अध्यक्षमा थापा विजयी

काठमाडौँ, ९ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा कमल थापा निर्वाचित हुनु भएका छन्। एकता महाधिवेशनअन्तर्गत आज भएको मतदान प्रक्रियामा थापाले दुई हजार ८०४ मत प्राप्त गरे भने उनका प्रतिद्वन्द्वी प्रदीपविक्रम राणाले २५१ मतमात्र प्राप्त गरे । पार्टीका प्रवक्ता राजाराम श्रेष्ठका अनुसार कुल तीन हजार १३६ मत सदर तथा ८१ मत बदर भएको छ । अध्यक्षमा निर्वाचित भएसँगै थापाले कार्यकर्ताको भावनालाई सम्मान गर्दै गुटबन्दीलाई अन्त्य गर्ने बताए । कार्यकर्तालाई अन्याय हुन नदिने बताउँदै अध्यक्ष थापाले आगामी दिनमा पार्टीलाई एकताबद्ध गरी राष्ट्रिय राजनीतिमा पार्टीले मुख्य भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे । मङ्गलबार केन्द्रीय सदस्यका लागि निर्वाचन गरिनेछ । पार्टीको...

Read More

१८ वर्षीय युवाले नेपालमै बनाए गाडी

काठमाडौँ, फागुन ९ । बाग्लुङका एक युवकले गाडी निर्माण गरी आफ्नो प्रतिभा देखाएका छन् । आज आयोजित पत्रकार सम्मेलनमा १८ वर्र्षीय भीम सुनारले एक महिना लगाएर निर्माण गरेको ‘ओसियन’ नामको गाडी भृकुटीमण्डपमा बनाएर सार्वजनिक गरिएको हो । सो अवसरमा सुनारले भने, “म अहिले कक्षा १२ मा अध्ययनरत छु, १० कक्षा पढ्दाको समयमा शैक्षिक प्रदर्शनी गर्नुपर्थो, त्यस बेला डोजर बनाएर प्रदर्शन गरेको थिएँ, त्यसपछि रोबर्ट र हेलिकप्टर बनाएँ, आज आएर चार पाङ्ग्रे गाडी निर्माण गरेको छु, यो केवल नमुना हो ।” सुनारले थपे, “मैले गाडी रु ८० हजार लागतमा निर्माण गरेको हुँ, तीन लाख खर्च गरेर बनाउने हो भने राम्रो...

Read More