Author: Himalaya Post

अफ्रिदीले लिए सन्यास

पाकिस्तानी अलराउन्डर साहिद अफ्रिदीले टीट्वेन्टी अन्तर्राष्ट्रिय क्रिकेटबाट समेत सन्न्यास लिएका छन् । संयुक्त अरब इमिरेट्स ९यूएई० मा जारी पाकिस्तान सुपर लिग ९पीएसएल० मा उत्कृष्ट प्रदर्शन गरिरहेका अफ्रिदीले टीट्वेन्टी अन्तर्राष्ट्रिय क्रिकेटसमेत छाडेको घोषणा गरेका हुन् । अफ्रिदीले टेस्ट र एकदिवसीय क्रिकेटबाट भने यसअघि नै सन्न्यास लिइसकेका थिए । पेसावर जालमीबाट पीएसएल खेलिरहेका अफ्रिदीले आइतबार कराँची किङसविरुद्ध २८ बलमा ५४ रन प्रहार गरेपछि पत्रकारहरूलाई प्रतिक्रिया दिँदै आफूले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएको जनाएका हुन् । ‘मैले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिइसकेको छु’, आइतबार शारजा क्रिकेट स्टेडियममा भने, ‘म आफ्ना समर्थकहरूका लागि पीएसएल खेलिरहेको छु । यो क्रमलाई आगामी दुई वर्षसम्म निरन्तर गर्नेछु ।...

Read More

ट्राउट माछा : मागभन्दा उत्पादन कम

फागुन १० । कास्कीमा ट्राउट माछाको माग अत्यधिक बढेको छ । जिल्लामा पाँचवटा व्यावसायिक फार्मले वार्षिक ६० मेट्रिक टन उत्पादन गर्दै आएका छन् । उत्पादन भन्दा माग दोब्बर भएको जिल्ला कृषि विकास कार्यालयका मत्स्य विकास अधिकृत डा. प्रभात न्यौपानेले जानकारी दिए। न्यौपाने का अनुसार यहाँ उत्पादन भएको ट्राउट माछा १५ टनदेखि २० टन काठमाडौँ पठाइन्छ भने बाँकी स्थानीय बजारमै खपत हुन्छ भने सुकुटी बनाएर अमेरिका, जापान, अस्ट्रेलियालगायत मुलुकमा समेत पठाउने गरिएको छ । सार्दीखोला गाविसमा सञ्चालित क्षेत्रदीप अन्नपूर्ण ट्राउट माछा अनुसन्धान तथा विकास प्रालिले वार्षिक २६ टनदेखि ३० टनसम्म उत्पादन गर्दै आएको प्रालिका अध्यक्ष इन्द्र गौचनले बताए । उनले...

Read More

निर्वाचन कसैले रोक्न सक्दैन : प्रमुख आयुक्त

काठमाडौँ,फागुन १० । प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले वैशाख ३१ गते हुने स्थानीय निकायको चुनाब कसैले रोक्न नसक्ने बताएका छन् । साथै उनले एक हप्ताभित्रै निर्वाचन आचारसंहिता पनि लागू गर्ने बताए । रिपोर्टर्स क्लबमा मंगलबार बोल्दै प्रमुख आयुक्त यादवले भने, ‘आयोगले यही हप्ताभित्रै आचारसंहिता लागु गर्छ, शुन्य सहनशीलताका आधारमा हामी आचारसंहिता लागू गर्ने गरी विशेष छलफलमा छौं, आचारसंहिता लागु हुनेवित्तिकै सरुवा, बढुवा र नियुक्ति केही हुन दिँदैनौं ।’ निर्वाचन हुँदैन कि भनेर अब कसैले पनि शंका गर्न नहुने बताए । आयुक्त यादवले चुनावलाई चुनौतिभन्दा पनि अवसरका रुपमा लिएको उल्लेख गर्दै भने ‘निर्वाचनको मिति घोषणा भएको छ, कानून तथा...

Read More

अध्ययन गर्दासम्म मात्र स्ववियुमा रहन पाउने

काठमाडौँ, फागुन १० । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) मा निर्वाचित पदाधिकारी र सदस्यहरु क्याम्पसमा अध्ययनरत रहँदा मात्र पदमा बस्न पाउने भएका छन् । यसअघि निर्वाचनमा जितेपछि दुई वर्षसम्म पदमा बस्न पाउने व्यवस्था भए पनि अबको निर्वाचनपछि क्याम्पसमा अध्ययरत रहँदासम्म मात्र उक्त पदमा बस्ने पाउने नयाँ व्यवस्था त्रिभुवन विश्वविद्यालय गरेको छ । त्रिविका रजिस्ट्रार डिल्लीप्रसाद उप्रेतीले निर्वाचित विद्यार्थी अन्तिम परीक्षा दिइसकेपछि उक्त पदमा स्वतः बस्न नपाउने व्यवस्था गरिएको जानकारी गराए। उनका अनुसार २०६९ सालमा स्ववियु निर्वाचनको तयारी गर्दा त्रिवि पदाधिकारी र विद्यार्थी सङगठनसँगको छलफलपछि त्रिवि सङ्गठन तथा शैक्षिक प्रशासनसम्बन्धी नियम– २०६९ मा उक्त व्यवस्था गरिएको हो । ‘‘स्ववियुलाई वास्तविक विद्यार्थीको...

Read More

बुधबार सम्मका लागि संसद बैठक स्थगित, संसद भवनभित्रै सर्वदलीय बैठकको आह्वान्

काठमाडौ, फागुन १० । मंगलबारका लागि बोलाइएको व्यवस्थापिका संसदको बैठक सूचना टाँसेर स्थगित गरिएको छ  । संसद बैठकअघि दलहरुवीच भएको अनौपचारिक कुराकानीमा मंगलबारको संसद बैठकमा संविधान संशोधन विधेयक पेश गर्ने कि नगर्ने भन्नेमा सहमति नभएपछि संसद बैठक बुधबार दिउसो २ बजेसम्मलाई सुचना टाँसेर स्थगित गरिएको हो । संविधान संशोधनको विषयमा सत्तारुढ र प्रमुख प्रतिपक्ष एमालेबीच कुरा मिलेको छैन । सहमतिको प्रयास खोज्न प्रधानमन्त्री प्रचण्डले आजै संसद भवनभित्र सर्वदलीय बैठक आह्वान गरेका छन् । सर्वदलीय बैठक मंगलबार दिउँसो ३ बजे संसद भवन नयाँ बानेश्वरमा बोलाइएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले बताए...

Read More