Author: Himalaya Post

आज कुनकुन क्याम्पसमा हुँदैछ स्ववियु निर्वाचन ?

काठमाडौँ, फागुन १७ । नेत्रविक्रम चन्द विप्लव निकटको अखिल क्रान्तिकारी, एमाले निकटको अखिल र नेपाली कांग्रेस निकटको नेविसंघको तालाबन्दीका कारण त्रिभुवन विश्वविद्यालयका ६० आंगिक क्याम्पसमध्ये २२ ओटा क्याम्पसमा मात्रै आज स्ववियु निर्वाचन भइरहेको हो । त्रिविले काठमाडौँ उपत्यकाका नौ आङ्गिक क्याम्पसमा आज स्ववियु निर्वाचन सुरु गरेको छ । जनप्रशासन क्याम्पस, आयुर्वेद क्याम्पस, चिकित्साशास्त्र अध्ययन संस्थान, नर्सिङ क्याम्पस, सानोठिमी क्याम्पस, भक्तपुर क्याम्पस, पुल्चोक इन्जिनियरिङ क्याम्पस, थापाथली इन्जिनियरिङ क्याम्पस र सहिद आदर्श क्याम्पसमा बिहान ९ बजेदेखि निर्वाचन सुरु भएको विश्वविद्यालय अन्तर्गत निर्वाचन समितिका संयोजक गङ्गा थापाले जानकारी दिनुभयो । मतदान साँझ ४ बजेसम्म हुने छ । अनेरास्ववियुका सचिव आरसी लामिछानेले ‘अनेरास्ववियुका वर्चस्व...

Read More

निर्वाचन आयोगद्वारा आजबाट लागू हुनेगरी निर्वाचन आचारसंहिता जारी

काठमाडौँ, फागुन १८ । निर्वाचन आयोगले बैशाख ३१ मा हुने स्थानीय तह चुनावका लागि आजबाट लागू हुनेगरी आचारसंहिता जारी गरेको छ । सरकार, सरकारका मन्त्री, स्थानीय तह वा निकायका कर्मचारी, सरकारी तथा गैरसरकारी संस्था, सुरक्षा निकाय, दलका भातृ संगठन, सञ्चारमाध्यम लगायतलाई आचारसंहिता लागू हुनेछ । निर्वाचनलाई स्वच्छ, निष्पक्ष, मर्यादित र पारदर्शी रुपमा सम्पन्न गर्न जारी गरिएको आचारसहिंता सरकार र मातहतका निकायमा आजदेखि लागू भएको हो। तर निर्वाचनमा उठ्ने उम्मेद्वारहरुका लागि भने बैशाख १६ गते देखि लागू हुने छ । आयोगका अनुसार स्थानीय तह निर्वाचन आचारसंहिता नेपाल सरकार, मन्त्री, कर्मचारी लगायत सार्वजनिक पद धारण गरेका व्यक्ति, गैरसरकारी संघसंस्थाका लागि फागुन १८ गतेदेखि र उम्मेदवारका लागि वैशाख १६ देखि लागू हुनेछ । निर्वाचन आचारसंहिता जारी भएपछि सरकारले कर्मचारी सरुवा, बढुवा, नियुक्ति र नयाँ योजना तर्जुमा एवं निर्वाचनलाई प्रभावित तुल्याउने गरी बजेट वितरण गर्न पाउने छैन । गाडी प्रयोगमा सीमा निर्धारण आचारसंहितामा उम्मेदवारका लागि सवारी साधन प्रयोग गर्न सीमा निर्धारण गरिएको छ । महानगरपालिकाका प्रमुख र उपप्रमुखका उम्मेदवारले निर्वाचन प्रचारप्रसारका लागि बढीमा दुइटा चारपांग्रे साधन र दुइटा मोटरसाइकलभन्दा बढी प्रयोग गर्न पाइने छैन । त्यसैगरी महानगरपालिकाका वडाअध्यक्ष तथा सदस्यका उम्मेदवारले एउटा चार पांग्रे हलुका सवारी साधन र एउटा मोटरसाइकल मात्रै प्रयोग गर्न पाउने उल्लेख छ । उपमहानगरपालिका र नगरपालिकाका प्रमुख, उपप्रमुख, वडाअध्यक्ष र सदस्य तथा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, वडाअध्यक्ष र सदस्यका उम्मेदवारले एउटा चारपांग्रे हलुका सवारी साधन र दुइटा मोटरसाइकल मात्रै प्रयोग गर्न पाउने छन् । तर सवारी साधन नचल्ने ठाउँमा बढीमा...

Read More

प्रधानमन्त्रीद्वारा देशवासीका नाममा सम्बोधन(पूर्ण पाठसहित)

देशवासीका  नाममा सम्बोधन गर्दै प्रधानमन्त्री दाहाल। काठमाडौँ, फागुन १७ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज देशवासीका नाममा सम्बोधन गरेका छन् । सम्बोधनमा बोल्दै प्रधानमन्त्री प्रचण्डले तत्कालीन राजनीतिक गतिरोध तथा अन्य समसामयिक विषयमा बालेका हुन् । सिंहदरबारस्थित कार्यालयबाट आज साँझ ५ बजे विशेष पत्रकारसम्मेलन गरी प्रधानमन्त्री दाहालले सबै राजनीतिक दललाई आगामी वैशाख ३१ मा हुने तय भएको स्थानीय निर्वाचनमा सहभागी हुन आह्वान गरेका छन् । मतपेटिकाको रुपमा सरकार अव जनताको दैलोमा प्रधानमन्त्री प्रचण्डले आउँदै गरेको स्थानीय तहको निवार्चनको सुरक्षाका लागि कनैपनि कसुर बाँकी नराख्ने बताए । ‘ निर्वाचनको सुरक्षाका लागि कनै किसिमको कसुर बाँकी राखिने छैन, यसका लागि गृह मन्त्रालयले पनि...

Read More

रवीन्द्र मिश्रको दावी – एउटा नयाँ शक्ति आउँछ, त्यसले देश बनाउँछ

रवीन्द्र मिश्र हाम्रो जुन किसिमको संस्कार थियो, जुन किसिमको समाज र जुन किसिमको देश थियो, हामी जस्तो खालका जनता थियौं, योभन्दा धेरै स्वस्थ्य देश र समाज हुनुपथ्र्यो । तर दुर्भाग्यवश मूलनीति अर्थात् राजनीति नै स्वस्थ हुन नसकेकाले समाज पनि स्वस्थ हुन सकेको छैन । भ्रष्ट र नष्ट, पात्र र प्रवृत्ति विश्वप्रकाश शर्माजस्ता राजनीतिकर्मी पनि यो देशमा छन् । उनीप्रति धेरै मानिसको श्रद्धा र विश्वाश छ । हिजो झापा आइपुगेपछि एकजना पाका व्यक्तिले विश्वप्रकाशजीको बारेमा टिप्पणी गर्दै भने– विश्वप्रकाश भ्रष्ट चाहिँ बन्न सक्दैनन् । उनको कुरामा मैले थपें– विश्वप्रकाश भ्रष्ट नबने पनि नष्ट हुन सक्छन् । किन त्यसो भनें मैले रु...

Read More

‘मुनलाइट’ले जित्यो ८९ औँ ओस्कर अवार्ड

काठमाडौँ, फागुन १७ । संसारकै सार्वाधिक प्रतिष्ठित र कम विवादमा पर्ने आस्कर अवार्डको ८९ औँ संस्करणको ट्रफी वितरणका कारण आइतबार साँझ रंगीन बन्यो यस पटक ओस्कर इतिहासमै सार्वाधिक १४ विधामा मनोनयनमा परेको ‘ला ला ल्याण्ड’ ले नै उत्कृष्ट फिल्मको अपार्ड जित्ने पूर्वानूमानलाई गलत सावित गर्दै ‘मुनलाइट’ ले बाजी मारेको छ । उत्कृष्ट फिल्मको अवार्ड जितेपनि ‘मुनलाइट’ ले स्कृनप्ले र सहअभिनेतामै चित्त बुझायो । उता सात अवार्डसहित वर्चस्व भने ‘ला ला ल्याण्ड’ ले नै देखायो । यसअघि गोल्डेन ग्लाबमा समेत मनोनीत सावटै विधामा अवार्ड जितेर आफ्नो पक्षमा माहोल बनाएको ‘ला ला ल्याण्ड’ ले ब्रिटिस फिल्म अवार्डमा पनि सार्वाधिक ११ विधामा...

Read More