Author: Himalaya Post

पाँच वर्षभित्र सबै नेपालीले स्वच्छ खानेपानीको प्रयोग गर्ने

फागुन १७। खानेपानी तथा सरसफाइमन्त्री प्रेमबहादुर सिंहले नेपालमा अबको पाँच वर्षभित्र सबै नेपालीले स्वच्छ खानेपानीको प्रयोग गर्न पाउने जिकिर गरेका छन् । खानेपानी तथा सरसफाइ सम्मेलनका क्रममा कालिकोट पुगेका मन्त्री सिंहले दुर्गम क्षेत्रका समुदायलाई पनि स्वच्छ खानेपानीको पानीको पहुँचमा ल्याइने दाबी गरेका हुन् । खानेपानीका क्षेत्रमा जिल्लामा भएको विगतको समीक्षा, प्रगति र भावी दिनका लागि गर्नुपर्ने रणनीति तयार गर्ने जिल्लामा पहिलो पटक सम्मेलन गर्न लागिएको हो । मन्त्री सिंहले जिल्ला सदरमुकाम मान्ममा बनेको खानेपानी ट्यांकी पनि उद्घाटन गरे। खानेपानी तथा सरसफाइ उपभोक्ता महासङ्घका जिल्ला अध्यक्ष चित्र सिंहका अनुसार जिल्लामा खानेपानीका क्षेत्रमा काम गर्ने विभिन्न निकायको पहलमा जिल्लाका ७५ प्रतिशत...

Read More

प्रधानमन्त्रीले आज देशबासीका नाममा सम्बोधन गर्ने

काठमाडौँ, फागुन १७ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज साँझ ५ बजे जनताको नाममा सम्बोधन गर्ने भएका छन्। प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार चुनावको मिति घोषणा, संविधान संसोधन विद्येयक लगायतका विकसित राजनीतिक घटनाक्रममाथि प्रधानमन्त्रीको सम्बोधन गर्ने छन् । प्रधानमन्त्री दाहालले सम्बोधन सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयबाट नै गर्ने भएका छन् । सरकारले फागुन ९ गते चुनावको मिति घोषणा गरेपनि संविधान संसोधन लगायतका विषयमा मधेशी मोर्चा लगायतका केही शक्तिले चुनावमा सहभागीता नजनाउने बताएका छन् । निर्वाचनको मिति घोषणा गरेलगत्तै मधेशी मोर्चाले चुनाव बहिष्कार गर्ने र त्यसको विरुद्धमा सशक्त आन्दोलन गर्ने घोषणा गरेको अवस्थामा अब के हुन्छ ? भनेर जनतामा कौतुहलता...

Read More

एक मिनेटमा ४२ पोटी लसुन खाएर विश्व किर्तिमान

फागुन, १७ । विश्व फुटबल महासङ्घ (फिफा) मा आबद्ध दुई सय नौ देशको नाम ६१ सेकेन्डमा खररर्र वाचन गरी ‘गिनिज बुक अफ ओल्र्ड रेकर्ड‘मा नाम लेखाउन सफल कैलालीका भरत विष्टले अर्को अनौठो प्रतिभा देखाएका छन् । उनले एक मिनेटको समयभित्र नियमानुसार लसुनका ४२ पोटी खाएर देखाएका थिए । एक पटकमा एउटा मात्र लसुनको पोटी खान पाइने लगायत नियम भए पनि विष्टले एक मिनेटमा ४२ पोटी खाएर ‘ओल्र्ड रेकर्ड सेटर‘मा नाम दर्ता गराउनुभएको छ । विष्टलाई गिनिज बुक कमिटी बेलायतले प्रमाणपत्र दिइसकेको छ । यसैगरी कैलाली, सुखडस्थित सत्य माविमा कक्षा ३ मा अध्ययनरत सुरभी ढकालले एक मिनेटमा ४७ वटा रोमन...

Read More

नयाँ पार्टी खोलेर राजनीति गर्न रवीन्द्र मिश्रद्वारा बीबीसीबाट राजीनामा (विज्ञप्तीसहित)

काठमाडौँ, फागुन १७ । चर्चित संचारकर्मी रवीन्द्र मिश्रले बीबीसी नेपाली सेवाबाट राजीनामा दिएका छन्। उनले आज एक विज्ञप्ति जारी गर्दै आफु नयाँ पार्टी खोलेर राजनीतिमा होमिने बताएका छन्। उनले केही समयअघि नै राजीनामा दिएको र उक्त निर्णय मंगलबार (आज)बाट लागू हुँदैछ । काका मोहन मिश्र जागिरको सिलसिलामा सुदूरपश्चिम पुगेपछि रवीन्द्र पनि साथमै गए । डोटीको सिलगढीस्थित पद्मोदय माविमा ५ देखि ७ र दार्चुलाको खलंगास्थित महेन्द्र माविबाट ८ देखि १० कक्षासम्म शिक्षा हासिल गरेका मिश्रले त्रिभुवन विश्वविद्यालयबाट अंग्रेजीमा स्नातकोत्तर गरेका छन् । पाकिस्तानको पञ्जाव विश्वविद्यालयमा आमसञ्चार तथा पत्रकारितामा स्नातकोत्तर अध्ययन गर्ने क्रममा द न्युज इन्टरनेसनल अंग्रेजी दैनिकमा उनले साढे दुई वर्ष...

Read More

पोखराको हेम्जामा आलु महोत्सव हुँदै

फागुन १७। पोखरा उपमहानगरपालिका– २७ हेम्जामा आठौँ हेम्जा आलु महोत्सव हुने भएको छ । ‘सुन्दर ठाउँ हेम्जा जाउँ, आलुका स्वादिष्ट परिकार खाउँ, आलु एक परिकार अनेक’ नाराका साथ विष्णुपादुका क्लबको आयोजना यही फागुन २३ गतेदेखि सो महोत्सव हुन लागेको हो । विष्णु पादुका खेलमैनामा हुने उक्त महोत्सव अगामी चैत १ गतेसम्म चल्ने छ । महोत्सवमा आलु प्रदर्शन, आलुका विभिन्न परिकार, बाल उद्यान, विविध सांस्कृतिक कार्यक्रम, लोकदोहोरी तथा साङ्गितिक समूहको प्रस्तुति, विभिन्न कृषि बीउ बिजनको समेत प्रदर्शनी गरिने क्लबका अध्यक्ष रमेश कार्कीले जानकारी दिए । महोत्सवमा १०४ वटा कक्ष राखिने छ । हेम्जामा गत वर्ष ९ हजार ५७५ मेट्रिक टन आलु उत्पादन भएको थियो । यस वर्ष पनि त्यसैको हाराहारीमा उत्पादन हुने अनुमान गरिएको नमुना कृषि सेवा केन्द्र हेम्जाका प्राविधिक सहायक गुरुप्रसाद अर्यालले बताए । हेम्जाको करिब ६५० हेक्टर जग्गामा आलुखेती गरिन्छ । यहाँका ६०० भन्दा बढी कृषकले व्यावसायिक रुपमा आलुखेती गर्दैआएका छन् । आलुखेतीका लागि कृषकले करिब रु तीन करोडको कुखुराको मल चितवनवाट ल्याउने गरेका छन् । गत वर्ष किसानले रु १३ करोडको आलु बिक्री गरेका थिए...

Read More