बिमानस्थलबाट भित्रिने सुन तस्करी छानबिन गर्न संसदीय समितीको टोली, ‘ठूलो गिरोहको आशँका’
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन र अध्ययन गर्न ७ सदस्यीय संसदीय टोलीको गठन गरिएको छ । संसदको सुशासन तथा अनुगमन समितिले शुक्रबार सांसदहरू जनकराज जोशी, कृपाशुर शेर्पा, जितु गौतम, सरिता यादव, मिलन राजवंशी, नागेन्द्र कुमाल र अम्बिका राजवंशी सम्मिलित टोली गठन गरेको हो । उक्त टोलीले विमानस्थलको व्यवस्थापकीय, सुरक्षा र अध्यागमन लगायत विभिन्न पक्षहरूको बारेमा अध्ययन गरेर १५ दिन भित्रमा समितिमा प्रतिवेदन पेश गर्ने छ । ‘विमानस्थलको सम्पूर्ण पक्ष अध्ययन गरेर १५ दिन भित्रमा अध्ययन प्रतिवेदन बुझाउन समितिलाई १५ दिनको समय दिइएको छ,’ समितिका सभापति मोहनसिंह राठौरले भने, ‘उपसमितिको संयोजक भने उनीहरूले नै छान्ने छन् ।’ पुस २३...
Read More