आजदेखि उपत्यकामा २० वर्ष पुराना गाडी चलाउन नपाइने
काठमाडौँ, फाल्गुन १८ । आजदेखि २० वर्ष पुराना कालो नम्बर प्लेटका सार्वजनिक सवारीलाई सडकमा चलाउन नपाइने भएको छ । । अब २० वर्ष पुराना भाडाका सार्वजनिक सवारी सडकमा आए सवारी धनिलाई कारवाहीसहित जरिवाना पनि गराइनेछ । यातायात व्यवस्था विभागका अनुसार २० वर्ष कटिसकेका सार्वजनिक सवारीलाई कवाडीमा बिक्री गर्नुपर्नेछ । र, अटेर गरेर गुडे ठूलो जरिवानासहित कारवाहीको भागिदार हुनुपर्ने विभागका प्रवक्ता डा. टोकराज पाण्डेले बताए । विभागले मंगलबार ट्राफिक प्रहरी निर्देशनालयलाई पत्र लेख्दै २० वर्ष पुराना सवारी सडमा आए कारवाही गर्न पत्र लेखिसकेको छ । अब २० वर्ष आयु नाघेका सार्वजनिक सवारीको करसमेत बुझिने छैन । पाण्डेकाअनुसार त्यस्ता सार्वजनिक सवारीको...
Read More