Author: Himalaya Post

आइजिपी नियुक्ति प्रकरण : अन्तरिम आदेशले अझै निरन्तरता पायो

काठमाडौँ, फागुन १८ । सर्वोच्च अदालतले जयबहादुर चन्दको आइजिपी नियुक्तिमा जारी अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिने फैसला गरेको छ । न्यायाधीद्वय हरिकृष्ण कार्की र तेजबहादुर केसीले दिएको फैसलामा सरकारको लिखित जवाफ आएको तीन दिनभित्र अर्को पेसी तोक्ने निर्णय भएको छ। सरकारले तेस्रो वरियतामा रहेका डिआइजी जयबहादुर चन्दलाई आइजीपी बनाउने निर्णय गरेपछि उक्त निर्णयलाई रोक लगाउन माग गर्दै अधिवक्ता कपिलदेव ढकालले रिट दायर गरेका थिए। यस्तै पहिलो वरियतामा रहेका डिआइजी नवराज सिलवालले पनि चन्दलाई आइजीपी बनाउने निर्णय रोक्न माग गर्दै आफूलाई आइजीपी नियुक्त गर्न माग गर्दै रिट दायर गरेका थिए। सिलवालले वरियता क्रम मिचेर चन्दलाई आइजीपी बनाउने निर्णयमाथि रोक लगाउन...

Read More

तालिवानका प्रमुख कमाण्डर पक्राउ

अफ्गानस्तान , फागुन १८ ।अफ्गानस्तानको उत्तरी प्रान्त बाघलानको ताल ओ बार्फाक जिल्ला नियन्त्रणको लागि जारी सरकारी कारबाहीको क्रममा सरकारी सुरक्षाबल र तालिवान आतङ्ककारीबीच भएको झपडको क्रममा तालिवानको प्रमुख कमाण्डर पक्राउ परेका छन, भने उनका नजिकैका तीन सहयोगी मारिएका छन् । कारबाहीको क्रममा जारी झडपमा तालिवानका प्रमुख कमाण्डर कारी बहाउलिन पक्राउ परेका छन भने उनका नजिकका तीन सहयोगी मारिएका प्रहरी प्रवक्ता महफोजुल्ललाह अक्बरीले बुधबार जानकारी दिएका छन । बर्फाक जिल्लामा गत दुई दिनयता तालिवान विद्रोहीहरु सरकारी सुरक्षाबलविरुद्ध शृखलाबद्ध रुपमा आक्रमण गर्दै आएका र सुरक्षा बलले उनीहरु प्रतिकार गर्दा एक प्रमुख कमाण्डर मारिएका छन् भने उनका तीन सहयोगी पक्राउ परेका छन...

Read More

नेपालको जलविद्युत उत्पादनका लागि हङ्गेरीले एघार अर्ब ऋण दिने

काठमाडौँ, फागुन १८। हङ्गेरीले नेपालमा जलविद्युत् उत्पादनका लागि (१०० मिलियन युरो) करिब रु ११ अर्ब २० करोड ऋण सहयोग एक प्रतिशत भन्दा कम ब्याजदरमा उपलब्ध गराउने भएको छ । हङ्गेरीका विदेशमन्त्री पिटर सिजार्तोले परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतसँगको भेटका क्रममा सो जानकारी दिएका हुन् । राष्ट्रसङ्घीय मानवअधिकार परिषद्को ३४औंँ सत्रमा सम्बोधनका लागि हाल जेनेभामा रहेका परराष्ट्रमन्त्री डा. महत र हङ्गेरीका विदेशमन्त्री सिजार्तोबीच मङ्गलबार द्विपक्षीय वार्ता भएको थियो । सो वार्ताका क्रममा मन्त्री सिजार्तोले हङ्गेरी सरकारले प्रत्येक वर्ष दश नेपाली विद्यार्थीलाई हङ्गेरीका विश्व विद्यालयमा अध्ययनका लागि छात्रवृत्ति दिने निर्णय समेत गरेको जानकारी दिए । उक्त भेटका क्रममा दुई देशबीचको आपसी सम्बन्ध...

Read More

किन भयो निर्वाचन आचारसंहिता मन्त्रीका लागि टाउको दुखाईको विषय ?

काठमाडौँ, फागुन १८ । निर्वाचन आयोगले आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि जारी गरेको आचारसंहिताप्रति सरकारका मन्त्रीहरुले असन्तुष्टि व्यक्त गरेका छन् । आयोगद्वारा जारी आचारसंहिताबारे आज आयोगका पदाधिकारी र मन्त्रीका बीचमा चर्को बहस भएको छ । जारी आचारसंहिताका प्रावधानका बारे उपप्रधानमन्त्री एवम् मन्त्रीलाई जानकारी दिन आज आयोजित कार्यक्रममा आयोगले निर्वाचनलाई स्वच्छ, निष्पक्ष रुपमा सम्पन्न गर्ने माध्यम आचारसंहिता रहेकाले यसलाई पालन गराउन आयोग प्रतिबद्ध रहेको स्पष्ट पारेको थियो । सरकारमा सहभागी मन्त्रीले सामूहिक रुपमा निर्वाचनमा आफ्नो निर्वाचन क्षेत्र र गाउँमा जान पाउनुपर्ने र सरकारका नीति तथा कार्यक्रम एवम् बजेटमा निर्धारित कार्यक्रमानुसार शिलान्यास एवं उद्घाटन गर्न पाउनुपर्ने जिकिर...

Read More

मिश्रको पार्टीको नाम ‘साझा पार्टी’ र चुनाव चिन्ह ‘तराजु’

काठमाडौं, फागुन १८। हिजो मात्रै बीबीसीबाट राजीनामा दिएर राजनीतिमा होमिएका रविन्द्र मिश्रले पार्टीको नाम जुराएका छन् । उनको नयाँ पार्टीको नाम साझा पार्टी राखिएको छ भने चुनाव चिन्ह तराजु प्रस्ताव गरिएको छ । उनले पार्टीको नाम तथा चुनाव चिन्ह सुरक्षित राख्न भन्दै निर्वाचन आयोगमा निवेदन दिएका छन् । मिश्रको अगुवाईमा पार्टी गठनमा सक्रिय एक नेताले भने, ‘अहिले दल दर्ता त बन्द छ । तर, नाम र चुनाव चिन्ह सुरक्षित गर्न चाहेका हौँ ।’ आयोगमा पार्टी दर्ताको आवेदन दिन द हिमालयन टाइम्‌का पूर्व सम्पादक अजयभद्र खनाल, कृषिविज्ञ डा.उमेद पुन,पूर्व सचिव किशोर थापा, निर्वाचन आयोगका पूर्वसचिव, संयोजक रवीन्द्र मिश्र, अधिवक्ता ओमप्रकाश...

Read More