गृहमन्त्री निधि र आलीबिच भेटवार्ता
काठमाडौँ, फागुन २० । उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिले कुनै दलको सभा बिथोल्ने अभिव्यक्ति आफूले नदिएको प्रष्ट पारेका छन् । बिहीबार राति अबेर एमाले अध्यक्ष केपी ओलीसँग उनको बालकोटस्थित निबासमा भएको भेटमा गृहमन्त्री निधिले सिरहाको लाहानमा फागुन १५ गते आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा आफूले कसैलाई लखेट्ने भन्ने शब्द प्रयोग नगरेको बताए। ‘मेची–महाकाली अभियानबारे तपार्इंले त्यस्तो शब्द प्रयोग गरेको भनेर साथीहरुले भनेका छन्’ भेटमा एमाले अध्यक्ष ओलीले भने, ‘तर मलाई तपाईंले त्यस्तो शब्द प्रयोग गर्नु भएको भन्ने विश्वास लाग्दैन।’ एमालेले मंगलबार विज्ञप्ति जारी गर्दै मन्त्री निधिले एमाले कार्यकर्तालाई मेची–महाकाली अभियानमा लखेट्ने अभिव्यक्ति दिएको आरोप लगाएको थियो। लहानमा नेपाल महिला...
Read More