फागुन ५ । लामो समयदेखि निजीस्तरको विद्यालयमा अध्यापन गर्दै आएका लक्ष्मिनियाँ–४, महात्तरीका ३६ वर्षीय विनोदकुमार यादवले पछिल्लो समय बाख्रापालनबाट मनग्य आम्दानी गर्दै आएका छन् ।


ADVERTISEMENT


दुई दशकदेखि शिक्षण पेसामा आबद्ध यादवले गौशाला नगरपालिका–४ नवराजपुरमा बाख्रापालन फारम सञ्चालन गरेका छन् । उनले स्थानीय फूलबाबु यादवसँगको सहकार्यमा रु आठ लाखको लागतमा सो बाख्रापालन फारम सञ्चालनमा ल्याएका हुन् । रु तीन लाखमा २५ वटा उन्नत जातका बाख्रा खरिद गरी फाराम सञ्चालन गरेको उनले बताए ।


ADVERTISEMENT

# # #


दुई वर्षको अवधिमा ३० वटा खसी बिक्री गरी  तीन लाख आम्दानी गर्न सफल भएको उनको भनाइ छ । हाल फारममा ८० वटा खसीबाख्रा रहेका छन् । उनले सो फाराम सञ्चालन लागि गौशालास्थित नेपाल बैंक लिमिटेडबाट रु सात लाख ऋण कृषि कर्जामार्फत लिएका छन् ।

यादवले विश्व खाद्य दिवसका अवसरमा कृर्षि क्षेत्रमा मुलुकभरमै तेस्रो स्थान हासिल गरेर कृषिमन्त्रीबाट पुरस्कार ग्रहण गरेका थिए । “व्यावसायिक रुपमा पेसामा जुटेको दुई वर्षमै सफलता पाइयो,” उनले भने । सरकारले निब्र्याकि रुपमा ऋण, तालिमको व्यवस्था एवम् बजारीकरणको व्यवस्था गर्नुपर्ने यादवको माग छ ।

जिल्लामा बाख्रापालनका लागि अवसरसँगै चुनौती पनि छन् । जिल्ला पशु सेवा कार्यालय किसानका लागि जनचेतनामूलक कार्यक्रम तथा शिविर सञ्चालन गर्दै आएको वरिष्ठ पशु चिकित्सक श्यामनारायण झाले जानकारी दिए । कार्यालयले विभिन्न किसिमको खोप, बिमाको व्यवस्था, सहज बजारीकरण तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ । महोत्तरीमा व्यावसायिक रुपमै सञ्चालित ११० वटा पशुपालन फारममध्ये दर्ता गरी सञ्चालनमा ल्याएको बाख्रापालन गर्ने फारामको सङ्ख्या १९ वटा रहेको कार्यालयले जनाएको छ ।