Author: Himalaya Post

मुग्लिन–नारायणगढ सडक खण्डमा सुख्खा पहिरो खस्दा सवारी साधान पुरिए, दुईको मृत्यु

काठमाडौँ– मुग्लिन–नारायणगढ सडक खण्डको घुमौनेमा पहाडको ढिस्को खस्दा केही सवारी साधन पुरिएका छन् भने दुई जनाको मृत्यु भएको छ । पहिरोमा परेर गम्भीर घाईते भएका दुई जनाको उद्धार गरी उपचारका लागि भरतपुरतर्फ ल्याउँदै गर्दा उनीहरुको बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको सनाखत हुन सकेको छैन् । जिल्ला प्रहरी कार्यालय, चितवनका अनुसार, पहिरोमा परी पाँच वटा मोटरसाइकल, एउटा ट्रक, एउटा ट्याङ्कर, एउटा कार, एउटा टाटामोबाइल गाडीसहित ९ वटा सवारी साधन पुरिएको अनुमान छ । बिहान १०ः४० बजेको समयमा सुख्खा पहिरो जाँदा सडकमा गुडिरहेका सवारी साधनलाई पुरेको थियो । । उद्धार कार्य जारी रहेकाले मृतकको सङ्ख्या बढ्न सक्ने अनुमान...

Read More

खाडीमुलुकमा घरेलु कामदार नपठाउन श्रम समितिको निर्देशन

काठमाडौँ–  संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले सम्बन्धित मुलुकले घरेलु कामदारसँग सम्बन्धित ठोस् कानुन नबनाउँदासम्म र नेपालसँग द्धिपक्षीय श्रम सम्झौता नगर्दासम्म खाडीमुलुकमा नेपाली घरेलु कामदार पठाउने कार्य पूर्णतः बन्द गर्न मन्त्रिपरिषद्लाई निर्देशन दिएको छ । समितिको आजको बैठकले खाडीमुलुकमा अलपत्र अवस्थामा रहेका र समस्यामा परेका नेपाली कामदारलाई तुरुन्त स्वदेश फर्काउन उच्चस्तरबाट पहल गर्न परराष्ट्र मन्त्रालय र श्रम तथा रोजगार मन्त्रालयलाई निर्देशन दिएको हो ।मानव तस्करीमा संलग्न नेपाल बाहिर रहेका नेपालीको पहिचान गरी उनीहरुलाई सम्बन्धित देशबाटै देश निकाला गराइ नेपाल ल्याएर कानुन बमोजिम कारबाही गर्न र त्यस्तो कार्यमा संलग्न विदेशी नागरिकलाई सम्बन्धित देशको कानुन अनुसार कारबाही गराउन कुटनीतिक पहल गर्न...

Read More

स्थानीय तहको निर्वाचनमा १ करोड ४० लाख ४४ हजार मतदाता

काठमाडौँ– स्थानीय तहको निर्वाचनमा १ करोड ४० लाख ४४ हजार मतदाता रहने भएका छन् । निर्वाचन आयोगले मतदाताको नामावली बेलुकासम्म टुंगो लगाउने तयारी गरेको छ । आयोग उच्च स्रोतका अनुसार मतदाताको संख्या १ करोड ४० लाख ४४ हजार रहेको छ । फागुन ९ गते निर्वाचनको मिति घोषणा भएको दिनसम्म मतदाता नामावलीमा नाम दर्ता गराएका र १८ वर्ष पूरा भएका नागरिकको अन्तिम नामावली भएको आयोग स्रोतले जानकारी दिएको छ । मतदाताको अन्तिम सूची प्रकाशन भएसँगै आयोगले मतदाता परिचय पत्र प्रकाशनको काम समेत थाल्दै छ । आयोग परिसरमा रहेको राखिएका मेसिनबाट आयोगले सुरक्षा कोडसहितको मतदाता परिचयपत्र प्रकाशन गर्दैछ...

Read More

‘संविधान संशोधन नभएसम्म निर्वाचनमा भाग लिदैनौँ’ : मधेशी मोर्चा

काठमाडौँ– संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेता वृषेशचन्द्र लालले मधेशी मोर्चाले संविधान संशोधन नभएसम्म निर्वाचनमा भागलिनेबारे हालसम्म सरकारसँग कुनैपनि सहमति नभएको बताएका छन् । रिपोर्टर्स क्लब नेपालले आज आयोजना गरेको साक्षात्कारमा उनले भने, “ मधेसी, जनजाति, मुस्लीम लगायतका माग समावेश गरेर संविधान संशोधन नभएसम्म चुनावमा भाग नलिने भएकाले फास्ट ट्र्याकमा संविधान संशोधन गर्नुपर्छ । ” नेकपा एमालेका नेता वङ्शीधर मिश्रले सीमाङ्कनलाई थाती राखेर संविधान संशोधन प्रस्ताव अधि बढाइए पारित गर्न एमाले तयार छ भने। उनले चुनावको मिति सार्ने कल्पना पनि गर्न नहुने बताए । राप्रपाका नेता पशुपति शम्शेर राणाले सकेसम्म मधेसी मोर्चालाई समावेश गरी निर्वाचन गर्नुपर्ने बताउँदै नभए दुई चरणमा...

Read More

सेयर बजारमा ‘सर्किट ब्रेक’

काठमाडौँ– धितोपत्र बजारमा आज दुई पटक सर्किट ब्रेक लगाउनुपरेको छ । अत्याधिक रुपमा बजार बढेपछि नेपाल स्टक एक्सचेन्जले सर्किट ब्रेक लगाएको छ । एक हजार ५८७ विन्दुबाट सुरु भएको कारोबार ७९.४७ विन्दुले बढेर एक हजार ६६७ मा पुगेको छ । अस्वाभाविक रुपमा बजार बढ्नुको पछाडि स्थानीय तहको निर्वाचनको सुनिश्चिता बढेको र ‘क्रेडिट क्रन्च’मा समेत सुधार भएपछि बजारमा उछाल आएको हो । कुल १३४ कम्पनीको १६ लाख ७५ हजार ३१८ कित्ता सेयर रु ९६ करोड ४२ लाख ४६ हजार ३२७ मूल्यमा कारोबार भएको स्टकले जनाएको छ । ‘क’ वर्गका संस्थाको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स समेत १६.३८ विन्दुले परिवर्तन भएको...

Read More