काठमाडौँ – आगामी जुन १ देखि अमेरिका र वेष्टइण्डिजमा सुरु हुने आईसीसी टी–२० विश्वकप क्रिकेट खेल्न जाने नेपाली क्रिकेट टोलीको विदाई गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार साँझ एक कार्यक्रमको आयोजना गरी नेपाली क्रिकेट टोलीको विदाई गरेको हो ।


ADVERTISEMENT


नेपाली टोलीलाई उपप्रधान एवम् गृहमन्त्री रवि लामिछाने, युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ र राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङले संयुक्त रुपमा विदाई गरेका हुन् ।


ADVERTISEMENT

# # #


विदाई समारोहमा बोल्दै गृहमन्त्री लामिछानेले विश्वकपमा उच्च प्रदर्शन गर्न नेपाली टोलीलाई शुभकामना दिए । साथै उनले आफू मिलेसम्म अमेरिका नै पुगेर नेपाली टोलीलाई हौसला दिने उल्लेख गरे । यस्तै खेलकुदमन्त्री श्रेष्ठले १९औँ एशियाली खेलकुदका पदक विजेता खेलाडी र टी–२० विश्वकपमा पुग्न सफल नेपाली टोलीका खेलाडी र अफिसियका लागि २ करोढ ९७ लाख १० हजार रुपैयाँ निकाशा भएको जानकारी गराए ।

उनले खेलले देशलाई नै एक बनाउनले भन्दै उनले नेपाली टोलीलाई विश्वकपमा राम्रो प्रदर्शनका लागि शुभकामना दिए । यस्तै कप्तान रोहित पौडेलले १० वर्षपछि विश्वकप खेल्न लाग्दा नेपाली टोली गौरवान्वित भएको बताए । उनले आफूहरु सन् २०१४ मा नेपालले खेलेको टी–२० विश्वकपबाट नै क्रिकेट खेल्न प्रेरित भएको भन्दै अब अमेरिका र वेष्ट इण्डिजमा राम्रो क्रिकेट खेल्लै आगामी पुस्ताका लागि प्रेरणा बन्ने विश्वास व्यक्त गरे । नेपाली क्रिकेट टोलीका मुख्य प्रशिक्षक मोन्टी देशाईले विश्वकपमा नेपालले अझ उत्कृष्ट प्रदर्शन गर्ने बताए ।

यस्तै नेपाल क्रिकेट संघका सचिव पारस खड्काले नेपाली टोलीलाई गर्व, उत्साह र आत्मविश्वासका साथ खेल्न सुझाव दिए । उनले आफूहरुले सन् २०१४ मा खेलेको भन्दा पनि राम्रो प्रदर्शन गर्न नेपाली टोलीलाई शुभकामना दिए ।