Author: Himalaya Post

कञ्चनपुरमा जङ्गली हात्ती नियन्त्रणका लागि विद्युतीय तारबार

कञ्चनपुर– भारतीय दुधुवा नेसनल पार्कबाट आउने हात्ती नियन्त्रण गर्नका लागि कञ्चनपुरको पुनर्वास नगरपालिका–९ बिचफाँटामा सौर्य ऊर्जामा आधारित विद्युतीय तारबार गरिएको छ । बर्सेनि दुधुवा नेसनल पार्कबाट आउने हात्तीको झुन्डले स्थानीय किसानले लगाएको गहुँ, धान, उखु, मकै र तरकारी बालीमा नोक्सानीसँगै घर भत्काउने र मानवीय क्षतिसमेत गर्न थालेपछि नेकपा (माओवादी केन्द्र)का बिना मगरको पहलमा विद्युतीय तारबार गरिएको हो । तारबारका लागि शुक्लाफाँटा प्रकृति संरक्षण कोषबाट रु पाँच लाख, स्थानीय किसानको रु एक लाख ५० हजार र जनजागरण सामुदायिक वन उपभोक्ता समूहको रु ५० हजार गरी जम्मा रु सात लाखको बजेटमा सोलार प्यानल, इन्भर्टर र तार खरिद गरी माओवादी कार्यकर्ताको श्रमदानमा...

Read More

बस दुर्घटनामा ३८ घाइते, चारजनाको अवस्था गम्भीर

बनेपा– काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाको तीनपिप्लेमा आज बिहान एउटा बस सडकबाट झन्डै २० मिटर तल खस्दा ३८ जना घाइते भएका छन् । घाइतेमध्ये चारजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । काठमाडौँबाट यात्रु लिएर जिल्लाको कार्तिके देउराली जाँदै गरेको बा२ख ६४४१ नंको बस अनियन्त्रित भएर अरनिको राजमार्ग सडकबाट तल खसेको जिल्ला प्रहरी कार्यालय, धुलिखेलका प्रहरी नायब उपरीक्षक नवीनराज राईले जानकारी दिए । घाइते भएका अधिकांशको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । गाडीका चालक भने फरार रहेको प्रहरीले जनाएको छ । सो गाडीमा करिब ४५ जना यात्रु सवार थिए...

Read More

सीमा नाका असार ११–१४ गते ७२ घन्टाका लागि बन्द हुने

गौशाला– जिल्लास्तरीय नेपाल-भारत सीमा समन्वय समिति बैठकले स्थानीय तहको निर्वाचनका बेला महोत्तरी, धनुषा, सिरहा र सप्तरीसँग जोडिएको भारतीय सीमा नाका आगामी असार ११–१४ गतेसम्म ७२ घन्टाका लागि बन्द गर्ने निर्णय गरेको छ । बैठकले लागुऔषध नियन्त्रण, मदिरा निषेध, हातहतियार ओसारपसार, आपराधिक गतिविधि, चोरी तस्करी र सीमा अतिक्रमणलगायत विषयमा दुबै देशले विशेष निगरानी बढाउने निर्णय पनि गरेको छ । नेपालका महोत्तरी, धनुषा, सिरहा र सप्तरीका प्रअिजसहित सुरक्षा निकायका प्रमुख र भारतका मधुवनी जिल्लाका डिएम, एसपी, एसएसबीका एसपीसहितको उपस्थितिमा बसेको सो बैठकमा आउँदो असार १४ गते हुने स्थानीय तहको दोस्रो चरणको निर्वाचनका विषयमा आवश्यक छलफल गरिएको बैठकको अध्यक्षता गर्नुभएका महोत्तरीका प्रअिज...

Read More

टालटुल गरेको सडक जिम्मा लिँदै सडक विभाग

सोलुखुम्बु– निर्माण सम्पन्न नहुँदै पिच उप्किएर विभिन्न स्थानमा धुलाम्मे भएको सल्लेरी–ओखलढुङ्गा सडकखण्ड सडक विभागलाई जिम्मा लगाउन अहिले विभिन्न स्थानमा टालटुलको काम भइरहेको छ । दश वर्षको आयु तोकिएको सडक वर्ष दिन नबित्दै कुलो भत्कने र पिच उप्कने समस्याबाट जीर्ण बन्दै गर्दा भत्किएको र उप्किएको स्थानमा टालटुल गरेर ठेकेदार कम्पनीले भुक्तानी लिने तयारी गरेको छ । सोलुखुम्बुको सल्लेरीदेखि ओखलढुङ्गाको रमाइलो डाँडासम्मको करिब ५८ किलोमिटर सडक यही महिना ठेकेदार कम्पनीले सरकारलाई बुझाउने तयारी गरेको छ । हर्कपुर सडक डिभिजन कार्यालयका प्रमुख ईश्वर रिजालले सडकको काम अन्तिम चरणमा पुगेको र अब छिट्टै सरकारलाई हस्तान्तरण गर्ने तयारी रहेको जानकारी दिए। हतारहतार टालटुल पारेर...

Read More

‘श्यामप्रसादको निधनबाट साहित्यमा अपुरणीय क्षति’

काठमाडौँ– वरिष्ठ साहित्यकार श्यामप्रसाद शर्माको निधनबाट साहित्यिक क्षेत्रले अपुरणीय क्षति व्यहोरेको बताइएको छ । शर्माको स्मृतिमा प्रगतिशील लेखक सङ्घले शनिबार आयोजना गरेका श्रद्धाञ्जलि कार्यक्रममा उनको सरल जीवन र जनपक्षीय विचारबाट नयाँ पुस्ताले प्रेरणा लिनुपर्नेमा पनि वक्ताहरूले जोड दिए। सङ्घका संस्थापक अध्यक्ष एवम् नेपाल प्रज्ञाप्रतिष्ठानका आजीवन सदस्यसमेत रहेका साहित्यकार शर्माले राजनीति, साहित्य, पत्रकारिता र समाजसेवाका विविध आयाममा छ दशकभन्दा बढी समयसम्म योगदान दिएका थिए। शर्माको गत वैशाख २४ गते ८७ वर्षको उमेरमा काठमाडौँमा निधन भएको थियो । उनका पाँच दर्जनबढी पुस्तक प्रकाशित छन् । सङ्घका पूर्व अध्यक्ष एवम् चिन्तक निनु चापागाईंले ‘शर्मा होचो कदको अग्लो मान्छे भएको चर्चा गर्दै विरोधीसँग...

Read More