देशभरका सडकमा एकै मापदण्ड : कार्यान्वयनमा कठिनाइ
काठमाडौँ– सरकारले राष्ट्रिय राजमार्गको चौडाइ आवश्यकताका आधारमा नभएर सबै ठाउँमा एकनास बनाउँदा कार्यान्वयन गराउन कठिन भएको छ । सडक ऐन, २०३१ का आधारमा नै अहिलेसम्म सडक चौडाइ निर्धारण भइरहेको छ । त्यसका आधारमा नियमावली बन्न नसकेका कारण सबैतिर एउटै मापदण्ड लागु भइरहेको सडक विभागले जनाएको हो । कुनै पनि सडक कत्तिको महत्वपूर्ण छ हेरेर र त्यसको भविष्यसम्मको आवश्यकता हेरेर चौडाइ निर्धारण गर्दा कार्यान्वयन गर्न सजिलो हुने विभागका प्रवक्ता शिवप्रसाद नेपालले बताएका छन् । उनी, राष्ट्रिय राजमार्गका लागि कति जग्गा लिने र भविष्यसम्मका लागि कति आवश्यक छ भनी विचार गरेर योजना बनाउनुपर्ने बताउँछन् । राष्ट्रिय अर्थतन्त्रको केन्द्र कहाँ बन्दैछ ?...
Read More