नेप्सेमा दोहोरो अङ्कको गिरावट, तीन कम्पनीको शेयरमा सकारात्मक सर्किट
काठमाडौँ – कोरोनाको नियन्त्रणका लागि सरकारले निषेधाज्ञा जारी गरेको समयमा समेत धितोपत्र बजारमा शेयर कारोवार भने निरन्तर जारी छ । सोही क्रममा आज नेप्से परिसूचक दोहोरो अङ्कले ओरालो लागेको छ । शेयर कारोवार हुने साताको अन्तिम दिन बिहीबार नेप्से परिसूचक १२.४७ बिन्दुले ओरालो लागेर दुई हजार ६३७.१३ मा पुगेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.७७ ले ओरालो लागेर ४७३.०४ मा ओर्लेको छ । कूल २१६ कम्पनीको एक करोड ५९ लाख ८० हजार ८१५ कित्ता शेयर रु छ अर्ब ८१ करोड ९१ हजार ४५३ बराबरको खरिद बिक्री भयो । आजको कारोवारपछि बजार पूँजीकरण रु...
Read More