Author: Himalaya Post

नागढुङ्गा नाकामा ‘स्वास्थ्य जाँच केन्द्र’ स्थापना

काठमाडौँ– चन्द्रागिरि नगरपालिकाको नागढुङ्गामा ‘स्वास्थ्य जाँच केन्द्र’ स्थापना गरिएको छ । विश्वका विभिन्न मुलुकसहित नेपालमा पनि नयाँ भेरियन्टसहितको दोस्रो चरणको कोरोना सङ्क्रमण फैलिएपछि काठमाडौँ उपत्यका भित्रिने मुख्य नाकाका रूपमा रहेको चन्द्रागिरिको नागढुङ्गामा स्वास्थ्य जाँच केन्द्र स्थापना गरिएको हो । उक्त केन्द्रको बुधबार काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुली र चन्द्रागिरि नगरपालिकाका नगरप्रमुख घनश्याम गिरीले संयुक्तरूपमा शुरुआत गरेका छन् । नगरपालिकाद्वारा स्थापना गरिएको उक्त केन्द्रमा सोही नाका हुदैँ काठमाडौँ उपत्यका भित्रिने सवारीसाधनका चालक, सहचालक तथा कर्मचारीको स्वास्थ्य जाँच गरिने नगरप्रमुख गिरीले जानकारी दिए । कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत निरज पौडेल, महानगरीय प्रहरी परिसर काठमाडौँका प्रहरी वरिष्ठ उपरीक्षक अशोक सिंह,...

Read More

बालुवाटारमा एमालेको आकस्मिक स्थायी कमिटी बैठक

काठमाडौँ – प्रधानमन्त्री निवास बालुवाटारमा नेकपा एमालेको आकस्मिक स्थायी कमिटी बैठक बसेको छ । पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमालेको आकस्मिक बैठक बोलाएका हुन् । बैठकमा आगामी २७ गते प्रधानमन्त्रीले लिन लागेको विश्वासको मत, नयाँ सरकार गठन, राष्ट्रियसभाको निर्वाचन, कोरोना महामारी लगायतका विषयमा छलफल हुने बताइएको छ । आफ्नै पार्टीभित्र माधव नेपाल–झलनाथ खनाल पक्ष विश्वासको मत नदिने भएपछि ओलीले काँग्रेससँग सहयोग मागेको थियो । तर काँग्रेसले साथ नदिने बताएपछि ओलीले आकस्मिक बैठक डाकेका हुन्...

Read More

मणिपाल शिक्षण अस्पताल भवनलाई कोरोना उपचार अस्पताल बनाउने गृहकार्य शुरू

चितवन– प्रदेश नं २ सरकारद्वारा जनकपुरधाम उपमहागरपालिका–१४ मा प्रयोगमा नरहेको मणिपाल शिक्षण अस्पताल भवनलाई कोरोना उपचार अस्पतालमा रूपान्तरण गर्ने गृहकार्य शुरू गरिएको छ । सरकारद्वारा सो भवनमा २० आइसियुसहित १०० शैय्याको कोरोना अस्पताल सञ्चालन गर्ने जनाइएको हो । सोका लागि प्राविधिक प्रक्रिया अगाडि बढाइएको र सम्पूर्ण प्रक्रिया पूर्ण गरी २० दिनभित्र कोरोना अस्पताल सञ्चालन गर्ने गरी कार्य भइरहेको इञ्जिनीयर भगवान् झाको भनाई छ । झाका अनुसार, प्राविधिक प्रक्रियाअन्तर्गत प्रशासनसँग समन्वय गरी भवनको मुचुल्का उठाउने कार्य सम्पन्न भइसकेको छ भने अब व्यवस्थापनको कार्यलाई तीव्रता दिइने छ । सो भवनमा कोरोना अस्पताल सञ्चालन सन्दर्भमा भवन र परिसर प्रहरीको जिम्मा दिई अस्पताल...

Read More

सङ्क्रमित बोक्नै मान्दैनन् एम्बुलेन्स चालक

विमलबहादुर विष्ट, डोटी– पछिल्लो समय जिल्लामा कोरोना सङ्क्रमित हुनेको दर वृद्धि हुँदै गएको छ । जिल्लामा स्वास्थ्य उपचार गर्न समस्या भएपछि जिल्लाबाहिर तथा ग्रामीण क्षेत्रबाट यहाँका अस्पतालमा उपचारका लागि कोरोना सङ्क्रमित बिरामी ल्याउन र लैजान एम्बुलेन्स चालकले मान्ने गरेका छैनन् । कोरोना भाइरसका सङ्क्रमित बिरामीलाई बोक्नका लागि डोटी जिल्लाका एम्बुलेन्स चालक अनिच्छुक देखिएको स्थानीयवसीले आरोप लगाएका हुन् । उनीहरुका अनुसार, चालकले सङ्क्रमित बिरामी बोक्न नमान्ने गरेपछि जिल्लामा समस्या उत्पन्न हुन थालेको छ । कोरोना सङ्क्रमित बिरामीका आफन्तहरुले फोन गर्दा चालकले आफूहरुसँग कोरोनाबाट जोगिने कुनै पनि सुरक्षा सामग्री नभएका कारण बोक्न नसक्ने भन्दै आलटाल गर्ने गरेको स्थानीयवासी हर्कबहादुर धामीको भनाई...

Read More

उपत्यकामा निषेधाज्ञा : थप कडाइ, बिहान ९ बजेसम्म मात्रै पसल खुला, फुटपाथ व्यवसाय बन्द

काठमाडौँ– काठमाडौँ उपत्यकामा आजदेखि निषेधाज्ञामा कडाइ गरिएको छ । बुधबारसम्म बिहान बेलुका नै पसल खुला गरिए पनि आजदेखि भने बिहान ९ बजेसम्म मात्र पसल खोल्न पाइने गरी आदेश जारी भएको हो । अत्यावश्यक खाद्य सामग्रीका पसल, व्यवसाय, डिपार्टमेन्ट स्टोर (खाद्य सामग्री बिक्री गर्ने मात्र) भने बिहान ९ बजेसम्म मात्र खुला गर्न पाइने छ । खाद्य सामग्री, ग्रोसरी पसल, औषधि पसलजस्ता अत्यावश्यक सेवाका व्यवसाय सञ्चालन गर्दा नेपाल सरकारले तोकेको स्वास्थ्य मापदण्ड अनिवार्यरूपमा पालना गर्नुपर्ने छ । कोभिड–१९ सङ्क्रमणको जोखिम बढ्दो क्रममा रहेकाले काठमाडौँ उपत्यकामा थप कडाइ गर्दै आज बिहानैदेखि लागू हुने गरी आदेश जारी गरिएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद...

Read More