काठमाडौँ– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले खाली प्राणवायु (अक्सिजन) को खाली सिलिण्डर अस्पताललाई उपलब्ध गराउन आह्वान गरेको छ ।


ADVERTISEMENT


मन्त्रालयका अनुगमनका क्रममा धेरै सिलिण्डर खाली आफैँ राख्ने पाइएकोले यस्ता खाली सिलिण्डर अस्पतालमा कोभिड–१९ का सङ्क्रमितको उपचारका लागि उपलब्ध गराउन अनुरोध गरेको हो ।


ADVERTISEMENT

# # #


मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले अनुगमनका क्रममा सिलिण्डर खाली राख्ने र भरेर पनि भण्डारण गरेर राख्ने भएकोले उद्योग व्यवसायी र सरोकारवालाले त्यस्ता सिलिण्डर अस्पताललाई उपलब्ध गराउन अनुरोध गरेका हुन् ।

अक्सिजन सिलिण्डरको सङख्या छ हजार २८८ रहेको र दैनिक एक हजार ४११.५ लिटर खपत भइरहेको जनाइएको छ । उनका अनुसार, धेरै भन्दा धेरै सिलिण्डर भरी नागरिकको ज्यान बचाउनका सकिने भएकाले खाली सिलिन्डर अस्पताललाई उपलब्ध गराउन भनिएको हो । मन्त्रालयले खाली र भरेर भण्डारण गरेको पाइएमा सङ्क्रामक रोग ऐन २०२० को आधारमा अनुगन गरी कारवाही गर्ने जनाएको छ ।

उनले सङ्क्रमितको उपचारका लागि अत्यावश्यक पर्ने अक्सिजन तथा अक्सिजन सिलिण्डर अझै पनि सरकारको निर्णय विपरीत धेरै उद्योगधन्दामा प्रयोग भइरहेको जनाएका छन् । रासस