फुङलिङ– ताप्लेजुङमा हिउँ चितुवा संरक्षणको लागि कचनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद र विश्व वन्यजन्तु कोष बीच सम्झौता भएको छ ।


ADVERTISEMENT


विश्वमा दुलर्भ सूचीमा रहेको वन्यजन्तु हिउँ चितुवाको बासस्थान रहको सो संरक्षण क्षेत्रका हिउँ चितुवा संरक्षणको लागि ४० लाख रुपैया कोषले संरक्षण क्षेत्रमा खर्च गर्ने गरी सम्झौता भएको संरक्षण क्षेत्र व्यवस्थापन परिषदका खगेन्द्र फेम्बुले जानकारी दिएका हुन् ।


ADVERTISEMENT

# # #


सो सम्झौतामा हिउँ चितुवा अनुगमन, हिउँ चितुवाको आहारा र नाउरको अनुगमनमा खर्च गर्ने फेम्बुले बताए । चितुवाले हिमाली बस्तीका पशु चौपायासमेत मारेर खाइदिने भएपछि त्यसमा राहत पशु धन बीमा कार्यक्रम सञ्चालन गरिने जनाइएको छ । उक्त रकम चालु आर्थिक वर्ष सम्ममा खर्च गरिसक्नु पर्ने उल्लेख गरिएको छ ।

संरक्षण क्षेत्रमा १९ देखि २४ हाराहारीमा हिउँ चितुवा बसोबास गर्दै आएको तथ्याङ्क रहेको सो संरक्षण क्षेत्र कार्यालयका संरक्षण अधिकृत गणेशप्रसाद तिवारीले बताए । हिउँ चितुवाले नाउरको शिकार गर्ने भएकाले हिउँ चितुवाको संरक्षणसँगै नाउरको संरक्षण गर्न आवश्यक रहेको उनको भनाई छ ।

समितिले हिउँ चितुवा र नाउरको अनुसन्धान तथा निरिक्षण गर्दै आएको छ । रासस