Author: Himalaya Post

अन्तर्राष्ट्रिय उडान तालिका सार्वजनिक

काठमाडौ-  विदेशमा अलपत्र नेपालीको उद्धारका लागि नेपालका दुई एयरलाइन्स नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) र हिमालय एयरलाइन्सले उडान तालिका सार्वजनिक गरेका छन् । जुलाई ३१ तारिकदेखि हुने चौाथो चरणको उद्धार उडानका लागि नेपाली एयरलाइन्सले आगामी अगष्ठ ८ तारिखसम्मको उडान तालिका सार्वजनिक गरेका हुन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बनाएको उद्धार उडान तालिकाअनुसार नेपाल एयरलाइन्सले अगष्ट ८ तारिखसम्म जम्मा १८ उडान गर्नेछ । युएइको दुबई, कतारको दोहा, साउदी अरेबियाको दमाम र जेदाह, मलेसियाको क्वालालम्पुर र जापानको नारिता चार्टर्ड उडान हुने निगमले जनाएको छ । हिमालयले पनि जुलाई ३० देखि अगष्ट ७ तारिखसम्म कूल १८ उडान गर्ने जनाएको छ...

Read More

राष्ट्र बैङ्कद्वारा एकीकृत निर्देशन जारी

काठमाडौँ- कोभिड–१९ को नियन्त्रण र रोकथामका लागि चालिएका कदमको कारण सबै पेसा, उद्योग र व्यवसायले लिएको ऋणको सावाँ र ब्याजको थप हर्जना नलिई समय थप गर्न नेपाल राष्ट्र बैङ्कले सरोकारवाला निकायलाई निर्देशन दिएको छ । राष्ट्र बैङ्कले गत साता सार्वजनिक गरेको चालू आर्थिक वर्ष ०७७÷७८ को मौद्रिक नीति कार्यान्वयन गर्ने लक्ष्यसाथ जारी एकीकृत निर्देशिका अनुसार कोरोना प्रभावित व्यवसायीलाई कोरोना प्रभावित क्षेत्रमा प्रवाहित कर्जाको सावाँ तथा ब्याज रकमलाई कुनै किसिमको थप पेनाल्टी, ब्याज र शुल्क र हर्जना तथा ब्याजको ब्याज नलिई समय थप गर्न बैङ्क तथा वित्तीय संस्थालाई निर्देशन दिएको हो । राष्ट्र बैङ्कबाट ‘क’, ‘ख’ र ‘ग’ वर्गका संस्थालाई जारी...

Read More

सिटौलाले आज पद तथा गोपनीयताकाे शपथ लिने

काठमाडौँ — जनता समाजवादी पार्टीबाट सांसद बन्न लागेकी लीला सिटौलाले आज पद तथा गोपनीयताकाे शपथ लिने भएकी छिन् । सभामुख अग्निप्रसाद सापकोटाले दिउँसो १ बजे उनलाई शपथ गराउँदै छन् । सिटौलालाई बुधबार दिउँसो १ बजे संघीय संसद् सचिवालयको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको हलमा शपथ ग्रहण गराउने कार्यक्रम तय भएको संसद् सचिवालयका सूचना अधिकृत दशरथ धमलाले जानकारी दिए । पार्टी ‘ह्विप’ नमानेका कारण पार्टीको संगठित सदस्य र सांसद पदबाटसमेत हटाइएकी सरिता गिरीको ठाउँमा सिटौला नियुक्त भएकी...

Read More

श्रमिकलाई ५० प्रतिशत पारिश्रमिक भुक्तानी गर्न सरकारसमक्ष सिफारिस गर्ने सहमति

काठमाडौँ —  लकडाउन अवधिमा श्रमिकलाई ५० प्रतिशत पारिश्रमिक भुक्तानीलगायत विषयमा सरकारसमक्ष सिफारिस गर्ने सहमति भएको छ । नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल घरेलु तथा साना उद्योग महासंघ र संयुक्त ट्रेड युनियन समन्वय केन्द्र आबद्ध ट्रेड युनियन महासंघबीच यस्तो सहमति भएको हो । कोभिड–१९ को महामारीका कारण गरिएको लकडाउनले उद्योग व्यवसाय बन्द हुँदा पारिश्रमिक दिन कठिनाइ भएकाले उक्त अवधिको ५० प्रतिशत पारिश्रमिक दिने सम्बन्धमा रोजगारदाताका तर्फबाट सरकारमा सुझाव पेस गर्ने निर्णय भएको हो । उद्योग प्रतिष्ठानलाई ०७६ चैतको पारिश्रमिक भुक्तानीका हकमा लकडाउन अवधिसमेतका लागि साविकबमोजिम पूरा पारिश्रमिक भुक्तानी गर्न प्रस्ताव गर्ने सहमति भएको छ । व्यवसायको प्रकृति...

Read More

लघुवित्त संस्थालाई एक आपसमा गाभिन सहजीकरण गर्दै राष्ट्र बैंक

काठमाडौँ – ग्रामीण क्षेत्रमा वित्तीय सेवा दिइरहेको लघुवित्त संस्थालाई थप जिम्मेबार बनाइ उनीहरुलाई एकआपसमा गाभिनका लागि प्रेरित गरिने भएको छ । नेपाल राष्ट्र बैंकले यही साउन २ गते सार्वजनिक गरेको चालू आर्थिक वर्षको मौद्रिक नीतिमा आधारित रहेर आज एक एकीकृत निर्देशन जारी गर्दै वित्तीय स्थायित्व, आर्थिक अनुशासन तथा पारदर्शीताका लागि लघुवित्त संस्थालाई एकआपसमा गाभिनका लागि प्रेरित गर्न लागिएको हो । केन्द्रीय बैंकले हालसम्म कूल ९२ वटा लघुवित्तलाई सञ्चालनको अनुमति दिएको छ । यस्तै केही भने अनुमतिको प्रक्रियामा छन् । चालू आवको मौद्रिक नीतिमार्फत लघुवित्त संस्थाको नयाँ अनमुति नदिने व्यवस्था गरेको छ । केन्द्रीय बैंकले आज जारी गरेको एकीकृत निर्देशिका...

Read More