काठमाडौं – गायन रियालिटी शो नेपाल आइडलको सिजन ३ को मुख्य प्रायोजन कोका–कोलाले गर्ने भएको छ । नेपालमा पहिलो पटक कोका–कोलाले गायन रियालिटी सोमा प्रायोजन गरेको हो ।


ADVERTISEMENT


यसअघि ओप्पोले मुख्य प्रयोजन गदै आएको नेपाल आइडलको यस सिजनमा कोका–कोला छानिएको हो । नेपाल आइडलले हालै देशभरको विभिन्न शहरहरुमा अडिसनको घोषणा गरेको छ । पप आइडलको नेपाली फ्रयानचाइज –नेपाल आइडल तथा निकै प्रसिद्ध सो एपी १ टेलिभिजन मार्फत प्रसारण हुनेछ ।


ADVERTISEMENT

# # #


जसले नेपालका इच्छुक र प्रतिभाशाली गायकहरुलाई प्ल्याटफर्म प्रदान गर्नेछ । कोका–कोला सदैव गीत संगीतसँग जोडिदै आइरहेको छ ।