काठमाडौं – आफूलाई भ्रष्टाचारविरोधी नागरिक अभियन्ता भन्ने ज्ञान बहादुर शाही (ज्ञानेन्द्र शाही)लाई सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को भ्रातृ संगठनहरूले कास्की प्रवेशमा निषेध गरेको छ ।


ADVERTISEMENT


नेपालको संविधानले कुनैपनि व्यक्तिको वाक स्वतन्त्रता र कुनै पनि राजनीतिक दललाई आफ्ना गतिविधि गर्न निषेध गरेको छैन । तर आइतबार नेकपाको भ्रातृ संगठनहरू राष्ट्रिय युवा संघ कास्की र वाइ. सि. एल.कास्कीले एक प्रेस विज्ञप्ति निकाल्दै शाहीलाई कास्की प्रवेशमा निषेध गरेको जनाएको छ ।


ADVERTISEMENT

# # #


साबिकको वाइसीएल नेपाल कास्कीका भोजराज पौडेल र साविक युवा संघ नेपाल कास्कीका अध्यक्ष डिल्लीराम सुवेदीले संयुक्त विज्ञप्ती जारी गर्दै शाहीलाई कास्कीमा प्रवेश निषेध गरिएको जनाएका हुन् । ‘पछिल्लो समयमा गलत अभियानमा संलग्न ज्ञानेन्द्र बहादुर शाह(ज्ञानेन्द्र शाही) जस्ता कुपात्रहरुलाई गणतान्त्रिक भूमि कास्कीमा प्रवेश निषेध गरिने जानकारी गराउँदै आम न्यानप्रेमी जनसमुदायमा विधिको शासन, पछिल्लो परिवर्तन तथा उपलब्धीको पक्षमा देढतापूर्वक उभिएर सहयोग गरिदिन अपिील गर्दछौँ’ जारी विज्ञप्तीमा भनिएको छ ।

शनिबार नेपालगञ्जबाट काठमडौँकालागि आउन लागेको बुद्ध एयरको विमान पर्यटनमन्त्री योगेश भट्टराईको कारणले एक घण्टा ढिला भएको भन्दै उक्त विमानका यात्रु समेत रहेका शाहीले गाली गलौच गरेको भिडियो बाहिरिएको थियो ।

मन्त्रीको अपमान भएको भन्दै नेकपाको भातृसंस्थाहरु ज्ञानेन्द्र शाहीविरुद्ध उत्रिएका छन् ।