काठमाडौं – भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले भूमिहीन, सुकुम्बासी, अव्यवस्थित बसोबासीको समस्या समाधान गर्ने कानुनबारे अनावश्यक हल्ला गरिएको बताएकी छन् ।


ADVERTISEMENT


सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा मन्त्री अर्यालले सरकारले लामो समयपछि भूमिसम्बन्धी विधेयकमा रहेका राम्रा पक्षको चर्चा नै नगरेर एउटा विषयलाई मात्र बढी उछालिएको बताइन् ।


ADVERTISEMENT

# # #


‘हामीले लामो समयपछि भूमिहीन, सुकुम्बासी, अव्यवस्थित बसोबासीको समस्या समाधान गर्ने कानुन ल्याएका छौं’, उनले भनिन्, ‘यसका राम्रा विषय चर्चा नै नगर्ने । तर एउटा विषयलाई अनावश्यक हल्ला गरेर भूमिहिन, सुकुम्बासी, अव्यवस्थित बसोबासीका कुरा ओझेलमा पार्ने षड्यन्त्र त भएको छैन कि रु भन्ने शंका उब्जिएको छ ।’

उनले भूमिहीनका समस्या समाधान गर्दैन कि भनेर शंका नगर्न आग्रह गरिन् । मन्त्री अर्यालले भनिन्, ‘हामीले बोकेको झण्डा समानताको हो । लामो समय यही एजेन्डा बोकेको व्यक्तिले कार्यान्वयन गर्दैन कि भन्ने आशंका नगरे हुन्छ ।’