काठमाडौँ – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक चलिरहेको छ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, अध्यक्ष पुष्पकमल दाहाल, महासचिव विष्ण पौडेल लगायत सचिवालय सदस्यहरु सहभागी रहेका छन् ।


ADVERTISEMENT


प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको बैठकले विभागहरु गठन, केन्द्रीय सदस्यहरुको कार्यविभाजन लगायतका विषयमा छलफल हुनेछ । आजै पूर्व एमाले र पूर्व माओवादीको भागवण्डामा परेका विभिन्न केन्द्रीय विभागमा नेतृत्व टुंगाउने अनुमान गरिएको छ ।


ADVERTISEMENT

# # #


यसअघि नै नेकपाले ३२ विभागमध्ये १८ विभाग तत्कालीन एमाले १४ माओवादीले लिने सहमति भइसकेको छ । यस्तै, कुल ७७ जिल्ला इन्चार्जमध्ये एमाले ४६ माओवादी ३१ जिल्ला इन्चार्ज भागबन्डा भइसकेको छ ।

पूर्व एमाले नेताहरूको पनि बिहीबार, शुक्रबार र शनिबार छलफल भएको थियो। पूर्व एमालेले पाएको संगठन विभागमा वामदेव गौतम, विदेशमा माधव नेपाल र नीति अध्ययनमा झलनाथ खनाललाई लैजाने सहमति भएको छ।

यस्तै आजै बिहान पूर्व माओवादी नेताहबीच नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको खुमलटारस्थित निवसमा आफूले पाएका विभागका नेतृत्वबारे छलफल भएको थियो।