काठमाडौँ – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले जिल्ला इन्चार्ज र सह-इन्चार्ज टुंगो लगाएको छ । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले ६ महानगरपालिकासहित ७७ वटै जिल्ला इन्चार्ज र सह–इन्चार्जको टुंगो लगाएको हो ।


ADVERTISEMENT


केन्द्रीय समितिको कार्यविभाजन र अन्य बाँकी रहेका एकता प्रकृयाको विषयमा भने मंगलवार बस्ने सचिवालयको बैठकले टुगों लगाउने नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । उनका अनुसार ७७ जिल्ला र ६ महानगरपालिका गरी जम्मा ८३ मा ४५ तत्कालीन एमाले र ३८ तत्कालीन माओवादी केन्द्रले पाएको छ ।


ADVERTISEMENT

# # #


आइतबारको बैठकले विभाग भने गठन गर्न सकेन । विभिन्न विभाग, आयोग र निकाय र प्रवास विभाग एकीकरणका टुंगो लगाउन मंगलबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा पुन: सचिवालय बैठक बोलाइएको छ ।

कुन जिल्लामा को बने इन्चार्ज र सह-इन्चार्ज ?