काठमाडौँ – विश्वकप क्रिकेट अन्तर्गत आज पाकिस्तान र न्यूजिल्याण्ड भिड्दैछन् । समूह तालिकाको दोस्रो स्थानमा रहेको न्यूजिल्याण्ड आज जित निकाल्दै सेमिफाइनल पुग्ने दाउमा रहेको छ । यस्तै पाकिस्तानका लागि सेमिफाइनलको यात्रालाई कायमै राख्न आजको जित कुनै पनि हालतमा जित्नैपर्ने दबाब रहेको छ ।


ADVERTISEMENT


यी दुई टिम इङ्गल्याण्डको मैदानमा ८ पटक आमने सामने भएका छन् । जसमा पछिल्ला ६ खेलमा पाकिस्तानले जित हात पारेको । पाकिस्तानविरुद्ध न्यूजिल्याण्ड ११ जुन १९८३ विजयी भएको थियो । पाकिस्तानले विश्वकप क्रिकेटमा न्यूजिल्याण्डसंग ३६ वर्षदेखि हार्नु परेको छैन ।


ADVERTISEMENT

# # #


जारी विश्वकपमा पाकिस्तान अंक तालिकाको सातौँ स्थानमा रहेको छ । उसले ६ खेलमा २ जितसहित ५ अंक बटुलेको छ । न्यूजिल्याण्डको अपराजित यात्रालाई रोक्ने चुनौति पाकिस्तानसामू रहेको छ । खेल नेपाली समय अनुसार ३ १५ मा सुरु हुनेछ  ।

अष्ट्रेलिया विश्वकपको सेमिफाइनलमा प्रवेश गरिसकेको छ । उसले मंगलबार आयोजक इङ्गल्याण्डलाई हराउँदै सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो ।