श्याम ठाकुर, सिरहा – सिरहा जिल्लाका १७ स्थानीय तहमध्ये ६ वटा स्थानीय तहले अझै गाउँ तथा नगर सभामा बजेट पेश गर्न सकेका छैनन् । संघीय सरकारले स्थानीय तहहरुलाई असार १० भित्रै बजेट ल्याइ सक्न निर्देशन दिएकोमा ६ वटा स्थानीय तहले बजेट प्रस्तुत गर्न नसकेका हुन् ।


ADVERTISEMENT


सिरहामा ८ नगरपालिका र ९ गाउँपालिका गरी १७ स्थानीय तह रहेकोमा ४ गाउँपालिका, २ नगरपालिका गरी ६ वटा स्थानीय तहले गाउँ तथा नगर सभा गर्नमा बजेट पेश गर्न नसकेको कोष तथा लेखा नियन्त्रण कार्यालय सिरहाका प्रमुख राधेश्याम गिरीले बताएका छन् ।


ADVERTISEMENT

# # #


गाउँपालिका अन्तर्गत नरहा गाउँपालिका, औरही गाउँपालिका, बिष्णुपुर गाउँपालिका र बरीयारपट्टी गाउँपालिका गरी ४ वटा गाउँपालिकाले गाउँसभा गर्न सकेको छैन । यस्तै नगरपालिका अन्तरगत कल्याणपुर नगरपालिका र सिरहा नगरपालिकाले गाउँ तथा नगर सभामा बजेट पेश गर्न नसकेको प्रमुख गिरीले बताए ।

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले अर्थ मन्त्रालयको पत्र अनुसार असार १० बजे भित्रै स्थानीय तहले आफ्नो गाउँ तथा नगर सभामा बजेट पेश गरि सक्न निर्देशन दिएको साथै समयमै बजेट नआएमा संघीय सरकारबाट सम्बन्धित स्थानीय तहमा जाने अनुदान र राजश्व बाँडफाँटको प्रवर्द्धमा समस्या पर्ने चेतावनी अर्थ मन्त्रालयले दिएको छ ।