काठमाडौँ– केही दिनयताको निरन्तर वर्षाका कारण डुबानमा परेका सप्तरीका बाढीपीडितलाई अनेरास्ववियुले राहत वितरण गरेको छ ।
नेकपा एमालेको भातृसंगठन अनेरास्ववियुको केन्द्रीय टोली र युवा संघ नेपालले काठमाडौँमा राहत संकलन गरी सप्तरीको बाढी प्रभावित परिवारलाई राहत सामग्री बितरण गरेका हुन् ।


ADVERTISEMENT


नियमित वर्षाका कारण सप्तरी विभिन्न स्थानमा करिब ८० घर डुवानमा परेपछि नेकपा एमाले ती बस्तीमा राहतको प्याकेज लिएर पुगेको छ । केही दिन अघि सप्तरीको लोहजारा ९ भेडिया र सकरपुरामा मात्रै ८० घर डुवानमा परेका थिए ।


ADVERTISEMENT

# # #


अनेरास्वबियुकी अध्यक्ष नबिना लामाको नेतृत्वको अखिल र राजिब पाहाडीको नेतृत्वमा युवा संघंका टोलीले पिडित परिवारका लागि कपड, खाध्यान्न, त्रिपाल, झुल, बाल्टी र बिध्यार्थीका लागि कपि, कलमलगायतका स्टेशनरीका सामाग्रीहरु बितरण समेत गरेको छ ।

काठमाडौंका विभिन्न स्थानमा सकंलन गरेको राहत सामग्री सप्तरीको तिलाठी लगायत अन्य दुई गाँउमा बितरण गरिएको अनेरास्वियुकी अध्यक्ष नविना लामाले बताइन् । करिब १२ लाख बराबरको राहत सामाग्री सात सय घर परिवारलाई बितरण गरिएको उनले बताइन् ।

अनेरास्ववियुले गतबर्ष पनि सप्तरी,मोरङ,सुनसरी,सिराहा,बर्दिया र प्युठान लगायतका स्थानमा यसरि नै राहत सामाग्री बितरण गरेको थियो ।