काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले छिटै आन्दोलनका नयाँ कार्यक्रम सार्वजनिक गर्ने भएको छ ।


ADVERTISEMENT


शुक्रबार काठमाडौंमा बसेको राप्रपा निकट युवा संगठनको बैठकपछि सञ्चारकर्मीसंग कुरा गर्दै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले छिटै आन्दोलनका नयाँ कार्यक्रम सार्वजनिक गर्ने बताएका हुन् । उनले आन्दोलनको नयाँ प्रारुप बनाउने जिम्मा आन्दोलन परिचालन समितिलाइ दिएको जानकारी दिए ।


ADVERTISEMENT

# # #


बैशाख १८ र १९ गते केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसेर आन्दोलनको कार्यक्रमलाई पारित गर्ने र सार्वजनिक गर्ने लिङ्देनले बताए । उनले यसअघि पार्टीले गरेको आन्दोलनमा राज्यले बर्बर दमन गरेको भन्दै सरकारप्रति निरन्तर विरोध जनाइराख्ने धारणा राखे ।