काठमाडौँ– नेपाल सरकारले भारतको अमरनाथ यात्रामा गएका तीर्थयात्री बोकेको बसमा सोमबार भएको आतङ्कवादी आक्रमणको निन्दा गरेको छ ।


ADVERTISEMENT


भारतको जम्मु कास्मिर राज्यको अनन्तनाग जिल्लामा भएको उक्त आक्रमणमा निर्दोष सात यात्री मारिएका र अन्य घाइते भएका थिए । सरकारले उक्त आक्रमणमा परी ज्यान गुमाएकाहरुका परिवारजनमा समवेदना एवं सहानुभूति प्रकट गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।


ADVERTISEMENT

# # #