काठमाडौं । विप्लव नेतृत्वको माओबादीलाई प्रतिबन्ध लगाए लगत्तै गृहमन्त्री रामबहादुर थापा अस्ट्रिया प्रस्थान गरेका छन् । ड्रग्स र अपराध सम्बन्धि संयुक्त राष्ट्रसंघ कार्यालयको ६२ औँ मन्त्रीस्तरीय बैठकमा भागलिन आज साँझ थापा अस्ट्रियाको भियना प्रान गरेको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।
गृहमन्त्री थापालाई उद्योग मन्त्री मातृका यादव, गृह सचिव प्रेम राई, नेपाल प्रहरीका महानिरिक्षक सर्बेन्द्र खनाल तथा सशस्त्र प्रहरीका महानिरिक्षक शैलेन्द्र खनालले त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलमा बिदाई गरेका छन् ।
आजै मात्र सरकारले विप्लव नेतृत्वको माओबादीका सबै गतिबिधीलाई प्रतिबन्ध लगाउँदै त्यस्तो भेटिए ठाउँको ठाउँ पक्राउ गर्दै तत्काल कारबाही गर्ने जनाएको छ ।


ADVERTISEMENT