काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको भातृ संगठन युवा संघ नेपालका अध्यक्ष रमेश पौडेलले सरकारले प्रतिबन्ध लगाएसंगै बल विप्लव नेतलेत्वको माओबादीको हातमा पुगेको बताएका छन् ।


ADVERTISEMENT


सामाजिक सञ्जालमा लेख्दै अध्यक्ष पैडेलले लामो समय सम्म सरकारले बार्ताका लागि प्रयास गर्दा पनि विप्लव माओबादीले हिंसाको बाटो रोजेकाले सरकार कडा बन्नुको बिकल्प नरहेको बताएका छन् ।


ADVERTISEMENT

# # #


यो पढौं पौडेलको अभिव्यक्ति

”अब वल विप्लव कै हातमा छ । के गर्छन् उनीहरुले हेर्न बाकी छ । तर केही शान्तिको कुरा गर्ने साथीहरूले हिंसात्मक गतिविधिमाथि प्रतिवन्ध लगाउनुलाई गृहयुद्धको अर्थ लगाउँदै समाजमा हिंसा सहज अनुमोदन हुनुपर्छ भन्न खोज्नु भएको जस्तो अभिव्यक्ति दिरहनु भएको छ । यो के भन्न खोजेको होरु हैनभने विप्लवले हत्या हिंसा गरिरहने सरकारले टुलुटुलु हेरेर बस्नु पर्ने ? NCELL माथि बम हान्दा निर्दोष मान्छे मरे , त्यो पनि सरकारले सहनु पर्ने ? रोहण गुरुङ माथि आक्रमण हुदा पनि ठिक गरिस भन्नू पर्न ? कि हामीले भनौ विप्लव समुहको हत्या हिंसा ठिक छ । हैन भने प्रतिबन्ध यो सरकारले चालेको बाध्यकारि कदम हो जस्तो लाग्छ मलाई । साथीहरूले थाहा पाउनु पर्छ  बिप्लव समुहसँग लामो समय सरकारी टोलीले वार्ता गरेको थियो । तर, हिंसा, लूटपाट, आगजनी, चन्दा असुली उसको छनौट बन्यो । सरकार र समाजले त्यसलाई नियन्त्रण गर्ने बाटो लिनु कसरी नाजायज रु फेरि शान्तिपूर्ण धारमा आउछु भने भने बार्ता गरेर प्रतिबन्ध हटाईदिए भै गो । बल उनीसंगै छ । यति बुझौ ।”