दाङ – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलकी सचेतक शान्ता चौधरी बेहोस भएपछि अस्पतालमा भर्ना भएकी छन् । मंगलबार बिहान तुलसीपुरमा एउटा उद्घाटन कार्यक्रमलाई सम्वोधन गरेको केही समय पछि उनी बेहोस भएकी हुन्।


ADVERTISEMENT


हाल उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको चौधरीका स्वकीय सचिव सन्तोष दहितले सेतोपाटीलाई जानकारी दिए। ‘अझैं रिपोर्ट आएको छैन, तर अहिले उहाँ बोल्न थाल्नुभएको छ,’ स्वकीय सचिव दहितले भने।


ADVERTISEMENT

# # #


सरकारी वकिलकै कार्यालयमा बेहोस भए लगतै चौधरीलाई तत्कालै नजिकैको राप्ती प्रादेशिक अस्पतलमा पुर्‍याइएको थियो। चौधरीलाई इमरजेन्सी वार्डको ७ नम्बर बेडमा राखेर उपचार भइरहेको अस्पताल प्रसाशनले जानकारी दिएको छ।