काठमाडौं – नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)ले सरकार र पृथकतावादको नारग लिएर अभियान चलाई रहेको सिके राउतबीच भएको ११ बुँदे सहमतिकोविरुद्ध प्रदर्शन गरेको छ ।


ADVERTISEMENT


राष्ट्रिय स्वाभिमान, भौगोलिक अखण्डता र जनताको सार्वभौमसत्तामाथि प्रहार हुने गरी विखण्डनवादीलाई राजनीतिक मान्यता दिँदै वैधता प्रदान गरेको भन्दै नेविसंघले सरकारविरुद्ध प्रदर्शन गरेको हो ।


ADVERTISEMENT

# # #


सरकारले जनअभिमतको नाममा नेपालको राष्ट्रिय अखण्डतामा धावा वोल्ने षड्यन्त्र गरेको विरोधमा प्रदर्शन गरिएको नेविसंघका निवर्तमान महामन्त्री सरोजकुमार थापाले जानकारी दिए । ‘हिमाल, पहाड, तराई, कोही छैन पराई’ लेखिएको ब्यानरसहित त्रि–चन्द्र क्याम्पसबाट सुरु भएको नेविसंघको प्रदर्शन प्रदर्शनी मार्ग, पुतली सडक, कमलादी, घण्टाघर हुँदै दरबारमार्ग पुगेर कोण सभामा परिणत भएको थियो ।

कोणसभालाई निवर्तमान महामन्त्री थापा, निवर्तमान सह–महामन्त्री प्रेम जोशी, विद्यार्थी नेता दुजाङ शेर्पा, सुन्दर बडालले सम्बोधन गरेका थिए ।