हेटौँडा – मकवानपुरको गढी गाउँपालिका–२ चैनपुरमा जन्ती बस दुर्घटना हुँदा दुईको मृत्यु भएको छ।


ADVERTISEMENT


जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार भक्तपुरबाट जन्ती बोकेर हेटौंडा आउँदै गरेको बा ४ ख २२१७ नम्बरको बस कान्ति लोकमार्गअन्तर्गत मकवानपुरको गढी गाउँपालिका–२ चैनपुरमा दिउँसो करीब २ बजे दुर्घटना भएको छ।


ADVERTISEMENT

# # #


दुर्घटनामा परी १७ जना घाइते भएका छन् भने पाँच जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। बस सडकबाट तल खसेको र हाल उद्धार कार्य जारी रहेको छ। घाइतेलाई उपचारको लगि हेटौंडा अस्पतालमा लगिएको छ।

घटनाको थप विवरण आउन बाँकी छ।