इलाम – प्रतिनिधिसभा सदस्यका लागि इलाम–२ भएको निर्वाचनको जारी मतगणनामा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्बाङले निरन्तर अग्रता कायम गरेका छन् ।


ADVERTISEMENT


नेम्वाङले नेपाली काँग्रेसका डम्बरबहादुर खड्कालाई ठूलो मतान्तरले पछि पारेका हुन् । ताजा मतपरिणाम अनुसार नेम्वाङले १९ हजार ११४ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी खड्काले १२ हजार ६७५ मत ल्याएका छन् ।


ADVERTISEMENT

# # #


उनीहरुबीच ६ हजार ४४९ मतको अन्तर रहेको छ । यस्तै स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह लिम्बु लिम्बुले ९ हजार ४१० मत ल्याएका छन् । इलाम–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को भने निराशजनक मत खसेको छ । रास्वपाका मिलनकुमार लिम्बुले ३ हजार २४२ मत मात्रै पाएका छन् ।

इलाम–२ बाट निर्वाचित नेकपा एमालेका सुवास नेम्वाङको गतवर्ष भदौ २६ गते निधन भएपछि रिक्त रहेको पदमा शनिबार उपनिर्वाचन भएको थियो । एमालेका उम्मेदवार सुहाङ सुवासका छोरा हुन् ।