सल्यान– सल्यानमा बस दुर्घटना हुँदा २६ जना घाइते भएका छन् । जिल्लाको शारदा नगरपालिका–१ चैवाङज्युला नजिकै बुधबार बिहान काठमाडौंबाट रुकुमका लागि छुटेको ना ४ ख ५३६३ बस दुर्घटना भएको हो ।


ADVERTISEMENT


दुर्घटनास्थलमा उद्दारका लागि स्थानीयबासी, प्रहरी खटिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । घाइतेहरुको श्रीनगरस्थित विभिन्न अस्पतालहरुमा उपचार भइरहेको छ ।


ADVERTISEMENT

# # #


घाइते सबै खतरामुक्त रहेको कान्तिपुर सामुदायिक अस्पताल श्रीनगरका डाक्टर मानबहादुर केसीले बताए ।