काठमाडौँ– फिल्म ‘केदारनाथ’को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ ।


ADVERTISEMENT


बलिउड अभिनेता सैफ अली खानकी छोरी सारा अली खानको डेब्यु फिल्म ‘केदारनाथ’मा उनको हिरो सुशान्त सिंह राजपूत रहेका छन् । ७ डिसेम्बरमा रिलिज हुने अभिषेक कपूर निर्देशित फिल्म अहिले विवादमा फसेको छ । उत्तराखण्डमा केदारनाथका तीर्थ पुरोहितहरुले फिल्मले हिन्दूको भावनामाथि आहत पुर्याभएको आरोप लगाएका छन् ।


ADVERTISEMENT

# # #


फिल्म प्रदर्शनमा रोक लगाउन एक बीजेपी नेताले सेन्सर बोर्डलाई पत्र समेत काटेका छन् । फिल्मको कहानीमा नायक मुस्लिम छन्, जसको हिन्दू युवतीसँग प्रेम हुन्छ ।

फिल्मको कहानी केही वर्ष अगाडि केदारनाथमा आएको प्राकृतिक विपत्तिमा थ्रिलिङ एक प्रेम कहानीलाई लिएर छ । नायिका सारा आफ्नो परिवारसँग केदारनाथको धार्मिक यात्रामा निस्किएकी हुन्छन् तर भारी वर्षा र पहिरोले ठूलो विनाश गर्छ । ठूलो संख्यामा श्रद्धालुहरुको मृत्यु हुन्छ ।

दुर्घटनासँग जोडिएको कयौं दृश्य फिल्मको ट्रेलरमा देखाइएको छ । ट्रेलरको अन्तिममा एक सिन छ, जसमा अभिनेता सुशान्त भगवान शिवको वाहन नन्दीको सिंग समातेर बच्ने कोशिश गरिरहेका छन् । नायक विनाशको बीच पनि नायिकालाई हरहालमा बचाउन चाहन्छन् । विनाशको दृश्य देखाउनको लागि दमदार भिडियो इफेक्ट प्रयोग गरिएको छ ।

हेर्नुहोस् ट्रेलर –