काठमाडौँ– नेपाल प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक एआइजी धिरु बस्न्यात र अखिल नेपाल फूटबल संघ (एन्फा)का अध्यक्ष कर्मा छिरिङ शेर्पा भेटवार्ता भएको छ ।


ADVERTISEMENT


मंगलबार प्रतिष्ठानमा भएको भेटवार्तामा नेपाल प्रहरी खेलकुद समितिका सदस्य–सचिव समेत रहेका एआइजी बस्नेत र एन्फा अध्यक्ष शेर्पाबीच खेलकुदको विषयमा छलफ भएको हो ।


ADVERTISEMENT

# # #


छलफलका क्रममा नेपाल प्रहरीको फुटबल टिमको क्षमता विकास तथा समग्र नेपाली फुटबल विकासका लागि खेलाडीहरुको क्षमता अभिवृद्धि, नयाँ खेलाडी उत्पादन तथा आधारभूत भौतिक पूर्वाधार निर्माणमा दुई पक्षबीच सहकार्य गर्ने विषयमा छलफल भएको प्रतिष्ठानले जनाएको छ ।

छलफलमा अन्य प्रहरी अधिकारीहरु पनि सहभागी थिए ।