काठमाडौँ– नेपाल सरकार मन्त्रिपरिषदको निर्णय तत्काल सार्वजनिक नगरी ४८ घण्टापछि व्यवस्थित रुपमा सार्वजनिक गर्ने भनी गरेको निर्णयप्रति नेपाल प्रेस युनियनले गम्भीर ध्यानाकर्षण जनाएको छ ।


ADVERTISEMENT


मंगलबार युनियनका महासचि अजयबाबु सिवाकोटीले जारी गर्दै सरकारले आम नागरिकले सार्वजनिक सूचना पाउने अधिकार कुन्ठित गर्न लागेको बताएका छन् ।


ADVERTISEMENT

# # #


‘कात्तिक २५ गते साँझ बसेको मन्त्रिपरिषद् बैठकका निर्णयबारे ‘माइन्युट र प्रमाणीकरण नभएका विषयलाई निर्णयका रूपमा सार्वजनिक गरिहाल्नु उपयुक्त नहुने’ साथै ‘सञ्चारकर्मीहरुले समयक्रममा पछि थाहा पाइहाल्ने’ भन्दै सरकारका प्रवक्ता तथा सञ्चार एवं सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाको अभिव्यक्तिबाट सरकार सूचनाको हक र आम नागरिकले सार्वजनिक सूचना पाउने अधिकार कुन्ठित गर्न लागेको हो भन्ने हाम्रो बुझाइ छ ।’ विज्ञप्तीमा भनिएको छ ।

जननिर्वाचित सरकारले गरेका निर्णयहरु तत्काल जान्न पाउने नागरिकको अधिकारमाथि सरकार नै बाधक बन्न खोजेको भन्दै उनले सामन्ती संस्कार तत्काल त्यागेर मन्त्रिपरिषद्का निर्णयहरु बैठक लगत्तै सार्वजनिक गर्न माग गरेका छन् ।